
तुलसीपुर,२१ चैत ।
दाङको घोराही रावतगाउँ घर भई हाल अमेरिकामा रहेर चिकित्सक पेशामा आबद्ध जोडीले ‘सधै साथमा तिम्रो’ बोलको गीत बजारमा ल्याएका छन् ।
डा.सुपेश बस्नेत र डा.रेहा पोखरेलले गीत बजारमा ल्याएका हुन् । संगीत क्षेत्रमा रुची रहेका डा. सुपेशको स्वरमा उक्त गीत रहेको छ, भने भिडियोमा डाक्टर जोडीले नै खेलेका छन् । उक्त गीतको भिडियोलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा छायांकन गरिएको छ । ‘वास्तविक कथा’मा आधारित रहेर उक्त गीत तयार गरिएको हो ।
सामाजिक कार्यमा समेत सक्रिय रहेका डा. सुपेशले संगीतप्रति माया भएकै कारण उक्त गीत बजारमा ल्याएको बताए । महंगो लागतमा गीत र भिडियो तयार गरिएको हो ।
जुन गीतमा गोविन पुनको शब्द र संगीत रहेको छ ।
विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको भिडियोमा साहिल खानको सम्पादन, प्रविण श्रेष्ठको पटकथा छ ।
भिडियो छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस्प्रालि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् ।
डा.सुपेश करिब २५ बर्ष अघि अमेरिका गएका हुन् । तर, उनले दाङलाई उत्तिकै माया गर्छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसियु सञ्चालनकालागि पनि उनले भूमिका खेलेको थिए, भने बिभिन्न क्षेत्रमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने गरेका छन् ।



लाइभदाङ । २१ चैत्र २०८२, शनिबार २३:२३ बजे