तुलसीपुर
२० माघ / दाङमा १ ग्राम ३८० मिलिग्राम ब्राउनसुगरसहित एक ब्यक्तीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया पार्क नजिक सार्वजनिक बाटोमा ब्राउन सुगर ओसारपसार तथा विक्रीवितरण भइरहेको सूचनाका आधारमा छापा मार्दा घोराही १२ हापुर निवासी २६ बर्षीय दिपेन्द्र खड्कालाई पक्राउ गरिएको हो ।
उनले शिखर चुरोटको डिब्बा भित्र राखेको अबस्थामा फेला पारेको थियो ।
बुधबार दिउसो सवा २ बजेतिर उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
लाइभदाङ । २० माघ २०७८, बिहीबार १५:४७ बजे