
जेठ, १७ जेठ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा आज पुस्तक विमोचन एवम् झिल्का वाचन कार्यक्रम सम्पन्न भएको छ। झिल्का साहित्य समाज नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा। धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियोे। झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवीनतम् काव्यिक विधा झिल्का कविताका ३ वटा पुस्तकहरू विमोचन भएका थिए। विमोचित पुस्तकहरूमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकहरूमा रहनुभएका ८३ जना नेपाली भाषी झिल्काकारहरूको संयुक्त झिल्का कवितासङ्ग्रह आवाज, झिल्काकार वसन्त अनुभवको एकल झिल्का कवितासङ्ग्रह ,अनुभव र झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ,आँगन रहेका छन्।
विमोचित कृतिहरूमध्ये अनुभवुको समीक्षा समीक्षक प्रमोद नेपालले, आँगनको समीक्षा समीक्षक अनुराग अरुणले र आवाज संयुक्त झिल्का कवितासङ्ग्रहको समीक्षा समीक्षक अरुण बहादुर खत्री नदीले गर्नुभएको थियोे । कार्यक्रममा कृति निकाले वापत झिल्का साहित्य समृद्धि सम्मान २०८३ बाट झिल्काकार सुरेशकुमार पाण्डेलाई, झिल्का कवितालाई पत्रिकामा प्रकाशित गरेर टेवा पुर्याए वापत झिल्का साहित्य सञ्चार सम्मान २०८३ुद्वारा अग्रिम साप्ताहिक, तुलसीपुर दाङ र संसार न्युज, ललितपुरलाई सम्मान गरियो त्यस्तै आवाज झिल्का संयुक्त सङ्ग्रहमा समाविष्ट सबै सर्जकहरूलाई झिल्काश्री साहित्य सम्मान २०८३ द्वारा सम्मानित गरिएको थियोे । साथै उक्त अवसर दुई दर्जन बढी अतिथिहरूलाई मायाको चिनो Token of Love प्रदान गरिएको थियो ।
राष्ट्रियगान पश्चात् पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियोे । ज्ञात अज्ञात सहिदहरूको स्मरण गर्दै १ मिनेट मौनधारण गरेपछि कार्यक्रममा झिल्काकार रामप्रसाद पुरीले सबै अथितिलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा कवि एवम् साहित्यकार ललिता दोषी, हरिवन नगर वाङ्मय प्रतिष्ठानका कुलपति घनश्याम पन्त, हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता के।सी। हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेपाल हाइकु समाजका अध्यक्ष चेतनाथ धमला, टुक्का साहित्य समाजका कोषाध्यक्ष होम प्रसाद नेउपाने, पञ्चाङ्गकी प्रतिनिधि सुशीला पौडेल, लघुकथा संसाररकविता संसारका सम्पादक त्रिचन्द्र श्रेष्ठ, कपिल अज्ञात, यमुना प्रधानाङ्ग मुना, कर्ण दयाल सोराडी, शशीश्री आचार्य र अतिथिहरूमा कृष्ण कुमार वैद्य, राजेशराज गड्तौला, जयनारायण नेपाल, अर्जुनप्रसाद चौलागाईं, हरिगोपाल न्हुच्छेप्रधान, पुष्पा सुवेदी, रामप्रसाद पुरी, चुडामणि देवकोटा, कृष्ण बहादुर बजगाईँ, सन्दीप बि।क।, सुरेशकुमार पाण्डे, रबिता महर्जन, प्रमोद नेपाल, पुष्पा राई, राजकुमार राजभण्डारी, होम प्रसाद नेउपाने, बेदु न्यौपाने, जमुना आचार्य कोइराला, दीपा गुरुङ समभाव, सरस्वती श्रेष्ठ, दीप गोले तामाङ, बसन्ता श्रेष्ठ, जगन्नाथ पोखरेल, माधवी, देवकी आचार्य, पुष्पा दाहाल, रमिला राई, ललिता गिरी, कल्पना भण्डारी, प्रदिप नेपाली, सन्तोष खत्री, हरि पथिक, बेद प्रसाद लामिछाने, रामचन्द्र दाहाल, देवकी गुरुङ, सन्त कुमारी गुरुङ, तीर्थराम डंगोल, इन्दिरा ढकाल, राजु तामाङ, शिशिर चालिसे, सुनिता अधिकारी, सागर महर्जन, सुर्य बहादुर सेन, दिवाकर देवकोटा, रश्मी रिमाल, युवराज सिंह, अच्युत अधिकारी लगायतका स्रष्टाहरू हुनुहुन्थ्यो।
कार्यक्रममा घनश्याम पन्त, लता के।सी। सञ्जय सोती, अर्जुन प्रसाद चौलागाईँ, ईश्वर लामिछाने, सरस्वती श्रेष्ठ, नेत्र बहादुर श्रेष्ठ, रामप्रसाद पुरी, जमुना आचार्य कोइराला लगायतका स्रष्टाहरूले झिल्का कविता वाचन गर्नुभएको थियो । झिल्काकार दीपा गुरुङ समभावले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम ४ घण्टा बढी समयसम्म चलेको थियोे ।



लाइभदाङ । १७ जेष्ठ २०८३, आईतवार ०५:४६ बजे