जिल्लामा लड्ने गिरी दाजुभाई केन्द्रमा एउटै कित्तामा !

तुलसीपुर, १७ चैत । जिल्लामा सधै लड्ने काँग्रेसका दुई गिरी दाजुभाई केन्द्रमा भने एउटै कित्तामा छन् ।

काँग्रेस नेता दीपक गिरी र गेहेन्द्र गिरीको जिल्लामा एकले अर्कालाई सिध्याउने गरि लड्ने नेताहरुका रुपमा छाप थियो । यद्यपी पार्टी फुटको संघारमा पुगेको अबस्थामा गिरी दाजु भाई भने देउवा निकट कित्तामै छन् ।

गेहेन्द्र देउवा निकट नै हुन्, भने गिरी शसांक कोइरालासंग नजिक छन् । दुबै नेता एकै ठाउँमा भएपछि गिरी दाजुभाई पनि एउटै कित्तामा उभिएका हुन् । यद्यपी पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा भने दाजुभाईको तिक्तता देखिएको थिएन । नयाँ पुस्ता सक्रिय भएर आउन थालेपछि गिरी दाजुभाई मिल्न खोजेको सन्देश दिइरहेको एक काँग्रेस नेताले बताए । उनीहरु भाइ-भाइका छोरा हुन् । गेहेन्द्र दीपकका दाजु पर्छन् ।


दाङबाट प्रतिनिधित्व गर्दै १४ औं महाधिवेशनमा बनेका पाँच जना केन्द्रीय सदस्य मध्ये तीन जना देउवासंगै छन् ।

मंगलबार काठमाडौंमा भएको देउवा निकटको भेलामा गिरी दाजुभाईसहित कृष्ण किशोर घिमिरे सहभागि थिए । अन्य दुइ जना भने सहभागि भएनन् ।

काँग्रेसकै योगेन्द्र चौधरी गगन थापा सभापति भएको पार्टीको सहमहामन्त्री छन्, भने दिवंगत खुमबहादुर खड्का पत्नी शिला खड्का न्यूट्रल छन् । खड्काका छोरा अनुराग खड्का विशेष महाधिवेशनमा सहभागि थिए ।