लघुवित्तमा सक्रिय महिलाहरु

दाङ
१ असोज / कुनै समय चुलोचौकोमै सीमित हुने महिलाहरु पछिल्लो समय सामाजिक क्षेत्रमा पनि सक्रिय हुन थालेका छन् । लघुवित्तमा जोडिएपछि अहिले महिलाहरु उद्यममा जोडिएर आम्दानी गर्दै आएका छन् ।

स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखामा आबद्ध समूह ३१ की प्रमुख लक्ष्मी गिरीले कुनै समय गाउँ घरमा पैसा सापटी माग्दा पनि पत्याउने अबस्था थिएन्, जब लघुवित्तमा जोडिईन् । त्यसपछि त्यसबाटै जीवनयापन गर्न सजिलो भएको छ ।‘मैले पैसा सापटी माग्दा गाउँका मान्छेले दिन मान्ने अबस्था पनि थिएन, त्यसले आफ्नो जीवन यापनमा पनि समस्या हुन्थ्यो’, उनले भनिन् ‘तर, अहिले लघुवित्तमा जोडिएपछि सहज भएको छ ।’

त्यस्तै बेलमति विकलाई पनि घर धान्न समस्या हुन्थ्यो । अहिले लघुवित्तबाटै ऋण लिएर ब्यबसायीक खेति गरेपछि मनग्य आम्दानी गर्दै आएकी छिन् । लघुवित्तले यस्तै थुप्रै महिलाहरुलाई सहज बनाएको छ । केन्द्र ३१ की प्रमुख लक्ष्मी गिरीका अनुसा अहिले छोराछोरीलाई पढाउनदेखि हरेक कुरामा सहज भएको बताईन् ।

उनका अनुसार महिलाहरुले पनि लघुवित्तबाट ऋण लिएर भैसी,कुखुरा पालन गर्नुकासाथै ब्यबसायीक खेति गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । जसबाट उनीहरुले आम्दानी गर्नुकासाथै समाजमा प्रतिष्ठा पनि बढेको छ ।‘हामीले आम्दानी मात्रै गर्ने गरेका छैनौं’,उनले भनिन्‘समाजमा प्रतिष्ठा पनि कमाएका छौं, सबैले सम्मान गर्ने भएका छौं, सबैसंग आफ्ना कुरा राख्न सक्ने भएका छौं ।’


स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाका मात्रै तुलसीपुरमा २५१ वटा केन्द्रहरु छन् । संस्थाका तुलसीपुर शाखा प्रमुख चन्द्रबहादुर थापाका अनुसार साना तथा मझौला ब्यबसायीहरुलाई कुनै पनि निकायले चासो नदिएकाले यस्ता ब्यबसायीहरुलाई लघुवित्तले लगानी गरेको बताए । जसले गर्दा उद्यममा सहज भएको उनको भनाई थियो ।

साथै संस्थाले तुलसीपुरमा केन्द्रका प्रमुखहरुलाई गोष्ठी आयोजना गरेर प्रशिक्षण पनि दिएको छ । वित्तिय संस्थाको नीति नियम, कार्यान्वयन, केन्द्रमा देखिएका समस्या र चुनौतिहरु, बर्तमान अबस्थामा कर्जा लिएर ब्यबसाय गर्ने भन्दा पनि अन्य काममा खर्च गर्ने समस्या रहेकाले यस्ता कुरा समाधान गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

त्यस अवसरमा धेरै वित्तिय संस्थामा बस्दा त्यसले समस्या निम्त्याउने भन्दै सीमित संस्थामा मात्रै आबद्ध हुन तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सबै सदस्यमा अनुरोध गरे । साथै अहिले कर्जा लिएर अन्य काममा चलाउने गरेको भन्दै त्यसले घरमा झनै समस्या ल्याउने भन्दै आयमुलक कार्यमा लगाउनुपर्ने, एउटाले कर्जा लिएर अर्कोलाई उपभोग गर्न दिनेजस्ता कार्य नगर्न समेत अनुरोध गरे । यस्तै महिलाहरुलाई यस्ता जागरणका कार्यक्रमले अगाडी बढाउने समेत बताए ।

पाँच दिन यसरी चलेको थियो गोष्ठी
पहिलो दिन भदौ२६ गते तुलसीपुर उपमहानगपालिकाका उपप्रमुख स्यानी चौधरीले उद्घाटन गरेकी हुन् । सोही दिन इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्ल सहभागि थिए । त्यस्तै भदौ २७ गते तुलसीपुर ७ का वडाध्यक्ष रामबहादुर जीसी, २८ गते तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकाल, ३० गते तुलसीपुर ६ का वडाध्यक्ष बर्षात भण्डारी र ३१ गते १८ का वडाध्यक्ष माधव वलीको सहभागिता रहेको थियो ।