
काठमाडौँ,१४ चैत ।
नेकपा एमालेको सचिवालय बैठकले संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रम तय गरेको हो ।
बैठकले आम जनसमुदाय र नागरिक समाजले दृढताका साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, आज प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउने लगायतका संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
नेता बस्नेतका अनुसार यी हुन् बैठकले गरेका संघर्षका कार्यक्रमका निर्णय-
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।



लाइभदाङ । १४ चैत्र २०८२, शनिबार १२:३७ बजे