निजि क्षेत्रको बिकासको लागि स्थानीय सरकार प्रतिबद्ध छ : अध्यक्ष बस्नेत

निराश पान्डे
शान्तिनगर, ५ असार ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले निजि क्षेत्रको बिकासको लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन्। अध्यक्ष बस्नेतले दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा द्वारा रंगैजामा आयोजित नब निर्बाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रमा उक्त कुरा बताएका हुन् । साथै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष बस्नेतले सोचे र चाहे जस्तो गाउँपालिका बनाउन सबैको अहम भुमिका रहेको पनि बताए ।


कार्यक्रममा बिशिष्ट अतिथी एवं गाउँपालिकाकी उपाध्यक्ष प्रेमा केसीले नीति निर्माण गरेर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन हुन जरुरी रहेको बताईन् । अर्का बिशिष्ट अतिथी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले उद्योग वाणिज्य संघ र स्थानीय सरकार बिच समन्वय हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष नारायण प्रसाद भुसालले जन शक्तिलाई रोजगार सिर्जना गर्न उद्योग स्थापना गरि निजि क्षेत्रले माग गरेको कुरा राज्यले अहिलेसम्म पूरा नगरेको गुनासो पोखे।अर्का बक्ता गाउँपालिकाका प्रशासन अधिकृत कृष्ण कंडेलले सबै उद्योगि ब्यबसायीहरुलाई राज्यको नितिमा आइ रचनात्मक भुमिका खेल्न आग्रह गरेका थिए ।

स्वागत सम्मान तथा अनतरक्रीया कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब उपाध्यक्ष बिजय के सी, वडा नम्बर तिनका अध्यक्ष मीन बहादुर केसी, सातका अध्यक्ष तारा बहादुर ओलि त्यसै गरि कार्यपालिका सदस्य झुप लाल नेपाली र तोरन ठाडा मगरले पनि बोलेका थिए। कार्यालय व्यवस्थापनका लागि सामाजिक ब्याक्तित्व एवं तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब उपाध्यक्ष बिजय केसीले एउटा दराज सहयोग गर्ने घोषणा गरेका थिए । संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सल्लाहकार यम लाल भन्डारिले गरेका थिए, भने कार्यक्रमको सहजीकरण प्रेम पुनले गरेका थिए।