
दाङ, १२ चैत ।
दाङको घोराहीबाट लागु औषध सहित पाँच जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा घोराही १५ बस्ने २० बर्षिय सौरव वली, वडा नम्वर १३ बस्ने २८ बर्षिया सृजना चौधरी,वडा नं।४ घर भई वडा नं।१३ बस्ने २६ बर्षिय बिशाल बि।क।, तुलसीपुर उपमहानगरपालिका वडा नं।६ घर भई घोराही १३ बस्ने १८ बर्षिया यस कुमारी नेपाली र तुलसीपुर ६ घर भई घोराही १३ बस्ने २४ बर्षिया मिना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरीको टोलीले घोराही १५ स्केट पार्क नजिकैबाट उनीहरुलाई लागु औषध (ब्राउन सुगर० सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लागु औषध (ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ० १८ ग्राम ६६० मिलिग्राम, सुन जस्तो देखिने पहेलो धातु १६।२ लाल , ४८,७२५ र ५ थान मोबाईल बरामद गरेको छ । गत मंगलवार पक्राउ परेकाहरु विरुद्ध बुधवार लागु औषध सम्बन्धी कसूरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी दश दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।



लाइभदाङ । १२ चैत्र २०८२, बिहीबार ०९:५० बजे