तुलसीपुर कुखुरा व्यवसायी समितिको अधिवेशन

तुलसीपुर, २ असार ।
तुलसीपुर कुखुरा व्यवसायी समिति तुलसीपुरको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन बबई गाउँपालिकाको परन्धारा छहरामा सम्पन्न भएको छ । समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता तथा संस्थापक अध्यक्ष तारा प्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा

बिशिस्ट अतिथि नबराज भुसाल, राप्ती तुलसीपुर पोल्ट्री ढुवानी प्रालिका अध्यक्ष ढाकाबिर खत्री आचार्य, वसन्त खडका, किरण आचार्य, बिरज कुमार डाँगी, बैकुण्ठ अधिकारी, झग बहादुर बस्नेत, नवीन लामिछाने, झुपलाल वली, डिल्ली बहादुर वली, बेदु बस्नेत, अनिल खडका, उदय के सी, हिमाल के सी, धनबिर के सी, लक्षुराम चौधरी, सन्तोष के सी, प्रकाश पौडेल, माधब के सी, खुमानन्द वलीको सहभागिता रहेको थियो ।

त्यस अवसरमा बक्ताहरुले एक जुट भएर ब्यबसाय गर्ने प्रतिबद्धता जनाएका थिए । तुलसीपुर क्षेत्रमा दुईवटा कुखुरा ब्यबसायि समिति भएको हुँदा समस्या सृजना भएकोले दुईवटा समिति एकीकरण गरेर तुलसीपुरदेखी पश्चिम शान्तिनगर, दंङ्गीशरण, बबई, सल्यान कालिमाटी रामपुर समेत समेटेर एउटा एकताबद्ध कुखुरा ब्यबसायि समिति बनाउनुपर्ने बताएका थिए । स्वागत मन्तब्य समितिका कार्यालय प्रमुख ईश्वरी प्रसाद गैरेले गरेका थिए ।


कार्यक्रमको सहजिकरन समितिका सचिव दीपक कुमार बस्नेतले गरेका थिए । साथै नयाँ कार्य समिति समेत बनेको छ । जसको अध्यक्षमा दुर्गा बस्नेत, उपाध्यक्षमा किरण आचार्य,सचिवमा दीपक कुमार बस्नेत, कोषाध्यक्ष बिरज डाँगी, सदस्यहरुमा झुपलाल वली, खुमलाल बिश्वकर्मा र दोमकान्त बस्याललाई चयन गरिएको छ ।

त्यस्तै सल्लाहकारहरुमा ढाकाबिर खत्री आचार्य, नबराज भुषाल, ताराप्रसाद पौडेल, बसन्त खडका र होम बहादुर बस्नेत चयन गरिएको छ ।