हावाहुरीले तुलसीपुरमा विद्यालयको छाना उडयो

दाङ, ६ असार । दाङमा बुधबार राति आएको हावाहुरीले विद्यालयको छाना उडाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित भद्रकाली प्रावि कुइरेपानीको टिनको छाना उडाएको हो ।

विद्यालयको छाना उडाउँदा पठन–पाठन प्रभावित भएको छ । राति दुई कोठे भवनको छाना उडाएको विद्यालयका प्रधानाध्यापक दोर्ण देवकोटाले बताए ।

उनका अनुसार छाना उठाउँदा कक्षा ४ लाई अर्कै कक्षामा राखेर पठन–पाठन थालिएको छ ।“विहान अलिकति मर्मत गरिएको हो, त्यसमा पनि जोखिम त कायमै छ”,उनले भने “ दुई कोठे भवनका जस्ता उडाएको हो, त्यसमा कक्षा ४ लाई बढि प्रभाबित बनाएको छ ।” कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ५० जना विद्यार्थी छन् ।


त्यस्तै हावाहुरीले तुलसीपुर ८ स्थित मावि अस्वाराको ८ कोठे भवनको भ¥याङ्मा लगाएको जस्तापाता पनि उठाएको छ । ठाउँ–ठाउँमा रुख सडक समेत अबरुद्ध पारेको छ ।

बुधबारराति १० बजेदेखि आएको हावाहुरी तथा बर्षाले गर्दा दाङमा गर्मीले गर्दा विदा भएका विद्यालय विहीबारदेखि खुलेका छन् । गर्मीका कारणले प्रभावित भएको जनजीवन पनि सहज भएको छ ।