दाङमा रास्वपालाई फाईदा,एमालेलाई अत्यधिक घाटा

दाङ,११ चैत ।
दाङमा एमालेलाई विगतका चुनाब भन्दा निकै घाटा भएको छ । समानुपातिक मत अनुसार एमालेलाई ४३ हजार दुईसय ८९ मत घाटा छ । २०७९ को निर्वाचनमा एमालेले ६७ हजार ६ सय ४४ मत ल्याएर जिल्लाको पहिलो पार्टी समेत बनेको थियो ।

तर, अहिले तेस्रो पार्टीमा खुम्चिएको छ, त्यसमा पनि अत्यधिक कम मत ल्याएर । एमालेले केही दिन अघि सकिएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकमा जिल्लामा ३३ हजार तीनसय ५५ मत मात्रै ल्याएको छ ।यस पटकको निर्वाचनमा सबै भन्दा बढि फाईदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भएको छ । रास्वपाले २०७९ मा जिल्लाबाट ३९ हजार ७ सय ९५ समानुपातिक मत ल्याएको थियो । तर, अहिले १ लाख ३२ हजार एक मत ल्याएको छ । जुन ९२ हजार दुईसय ६ मत बढि हो । यस पटक काँग्रेसलाई पनि उत्तिकै घाटा लागेको छ ।

२०७९ को निर्वाचनमा ६१ हजार ४ सय ३५ मत ल्याएको काँग्रेसले यस पटक भने ४१ हजार चारसय ४८ मत ल्याएको छ । जुन विगत भन्दा १९ हजार ९ सय ८७ मत कम हो । नेकपालाई पनि १२ हजार एकसय ३६ मत घाटा लागेको छ  । विगतमा तत्कालिन माओवादी केन्द्रले ३३ हजार एकसय ९८ ल्याएको थियो । हाल बनेको नेपाली कम्युनिष्ट पार्टीले २१ हजार ६१ मत ल्याएको छ ।


कुन निर्वाचन क्षेत्रमा कति मत ?
दाङ क्षेत्र नं.१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ हजार आठसय ४४ मत ल्याएको छ, भने क्षेत्र नं.२ मा ४३ हजार ६ सय ५८ र क्षेत्र नं.३ मा ४४ हजार ४ सय ९९ मत ल्याएको छ । त्यस्तै काँग्रेसले क्षेत्र नं.१ मा १४ हजार तीनसय ५५ मत ल्याएको छ, भने क्षेत्र नं.२ मा ११ हजार तीनसय ६९ र क्षेत्र नं.३ मा १५ हजार ७ सय २४ मत ल्याएको छ  । त्यस्तै एमालेले क्षेत्र नं.१ बाट ६ हजार ९ सय ८४, क्षेत्र नं.२ बाट १३ हजार ९ सय २६ र क्षेत्र नं.३ बाट १२ हजार चारसय ४५ मत ल्याएको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं.१ बाट ५ हजार पाँचसय ३७, क्षेत्र नं.२ बाट ७ हजार दुईसय ६८ र क्षेत्र नं.३ बाट ८ हजार दुईसय ५६ मत ल्याएको छ ।