सञ्जिबनी अस्पतालमा उपचारकालागि निःशुल्क बस सेवा

तुलसीपुर, ९चैत । दाङको घोराही स्थित सञ्जिवनी टिचिङ हस्पिटलले विरामीहरुको उपचारकालागि निःशुल्क बस सेवा सुरु गरेको छ । दाङको देउखुरी र पश्चिम क्षेत्रसहित घोराहीका विरामीहरुकालागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
अस्पतालका कार्यकारी अधिकृत दीपक रोकाका अनुसार आईतबार र बुधबार पश्चिम क्षेत्रबाट तथा सोमबार, मंगलबार, विहीबार र शुक्रबार देउखुरी क्षेत्रबाट विरामीहरुलाई निःशुल्क बस सेवा दिन थालिएको हो ।

आईतबार तुलसीपुर १२ को सितलपुरचोकबाट विहान साढे ७ बजे तथा सोही दिन तुलसीपुरको विरेन्द्र चोकबाट ८ बजे सेवा दिने छ । त्यस्तै बुधबार पश्चिम दंगीशरण गाउँपालिकाको बागरबाट विहान साढे ७ बजे तथा विहान ८ बजे तुलसीपुरको विरेन्द्र चोकबाट सेवा दिनेछ ।
त्यस्तै सोमबार र विहीबार देउखुरीको सिसहनियाबाट विहान साढे ७ बजे तथा गढवा चोकबाट ८ बजे एवं लमही चोकबाट साढे ८ बजे विरामीहरुलाई सेवा दिनेछ ।

त्यस्तै मंगलबार र शुक्रबार विहान साढे ७ बजे भालुवाङबाट र साढे ८ बजे लमही चोकबाट विरामीहरुलाई सेवा दिनेछ । त्यस्तै आईतबारदेखि शुक्रबारसम्म विहान साढे ७ बजे घोराहीको चोकबाट र विहान ८ बजे ट्राफिक चोकबाट विरामीलाई सेवा दिनेछ । शनिबार र सार्वजनिक विदाको दिन भने बस सेवा बन्द रहने अधिकृत रोकाले बताए । उनका अनुसार अस्पतालबाट बेलुका ४ बजे अस्पतालबाट सम्बन्धित स्थानसम्मकालागि बस फर्किनेछ । साथै ओपीडि टिकेटको समेत निःशुल्क हुनेछ । विरामीको सुविधाकालागि यो सेवा सुरु गरिएको अधिकृत रोकाले बताए ।


अस्पतालका निमित्त मेडिकल डाइरेक्टर कन्सल्टेन्ट फिजिसियन डा.बाचसपति सुवेदीका अनुसार अस्पतालले ओपिडिमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, शिशु तथा वालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटि, डेन्टल, नेत्ररोग तथा फिजियोथेरापी विशेषज्ञ सेवा दिइरहेको छ । त्यस्तै क्रिटिकल केयरमा आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु संचालनमा रहेको छ ।

केही समयमा हेमोडायलासिस सेवा संचालन हुने समेत उनले बताए । रेडियोग्राफी तर्फ डिजिटल एक्स रे, भिडियो एक्स रे, म्यामोग्राफी, इसिजि, इको, सिटि स्क्यान, एम.आर.आइ., इन्टर्भेन्सनल इन्डोस्कपी, क्लोनस्कपी सेवा रहेका समेत उनले बताए ।

May be an image of text