दाङमा यात्रुबहाक बस दुर्घटना, ६ जना घाइते

घोराही, ४ पुस । दाङमा गाडी दुर्घटना हुँदा ६ जना बढी घाइते भएका छन् । लमहीदेखि घोराही तर्फ आउँदै गरेको रा १ ज ५८० नम्बरको गाडी लमही–६ चिसापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक बच्चा सहित ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिए ।


घाइतेहरुलाई उपचारको लागि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको प्रमुख परियारले बताए । गाडी चालक भने फरार रहेको तर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।