वसन्त अनुभव
जुवाको खालमा खेलाडीहरू बिच निकै प्रतिस्पर्धा चलिरहेको थियो ।
“भो भो धेरै नखोक । सदा झैँ दाउ त मेरै लाग्छ, बुझिस् ।” दक्षिण तर्फ विराजमान खेलाडीले आफ्नो पत्ती हेरेर मुस्कुराउँदै भन्यो। “सधै तेरो मात्र दाउ लाग्छ भन्ने छ ? यसपालि त तँलाई नगुल्टाई छोड्दिनँ ।”
उत्तर तर्फ बसेको खेलाडीले प्रण लियो । “मेरो हातमा जोकर छ, जसको सहायताले म कायापलट पारिदिन्छु ।
तँ त हेरेको हेर्यै हुन्छस्, अहिले तेरो खैरियत छैन ।” दक्षिणको खेलाडीले पुनः च्यालेन्ज गर्यो । “तैले आफ्नो अनुकूलका जोकर तान्न सधै सफल भएर मात्र तेरो एकछत्र हैकम चलेको हो ।
तर यसपालि मेरो हातमा पनि दरो जोकर हात परेको छ, बुझिस्।” उत्तरको खेलाडी ढुक्क देखियो । खेल हेर्न तल्लीन वरपरका दर्शकहरूले कहिले कस्को त कहिले कस्को हुटिङ गर्नमै ब्यस्त थिए।
पश्चिम तर्फको खेलाडीलाई ती दुबै खेलाडीको चर्तीकला देखेर खपिनसक्नु भयो । “तिमीहरू सबैजना चुप लाग । यसपटक त तिमीहरू सबैको तालु सुकाइदिन्छु। दाउ त मेरै हातमा छ नि, खाली जोकरको सिक्वेन्स नमिलेर पो त ।”
पश्चिम तर्फको खेलाडी गर्जियो । कुनै जोकर कसैको, कुनै जोकर कसैको पोल्टामा छिरे ।
तर केही जोकर अझै अलमलमै थिए । लेखक: घोराही उपमहानगरपालिका वडा नं.१४ निवासी हुन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १८ माघ २०७८, मंगलवार १७:१४ बजे