विशाल गुप्ता
भागः ४
परिवेश : नगरपालिकाको ठेला व्यवस्थापन सम्बन्धि विवाद
समय : दिउँसो १२ः०० बजे
पात्रहरूः – नगरप्रमुख
– विशाल
– पत्रकार १
– पत्रकार २
– कर्मचारी १
– कर्मचारी २
– वकिल
– गुण्डा १
– गुण्डा २
दृश्य १ः (नगरपालिका भवनबाहिर)
(कर्मचारीहरू आपसमा कानेखुसी गरिरहेका हुन्छन्। विशाल केही दुरीमा उभिएको छ र उनीहरूको कानेखुसी सुनेर यताउति गर्छ।)
विशाल (क्रोधित हुँदै): हैन यो केको कानेखुसी हो? तपाईहरू मेरो बारेमा के कुरा गर्दै हुनुहुन्छ?
कर्मचारी १ (सान्त्वना दिने प्रयास गर्दै): हैन विशाल भाई, तिमीलाई लिएर केही बोलेको होइनौं।
कर्मचारी २ (मुस्कुराउँदै): तिमी किन यति आवेगमा आउँछौ? आखिर हामी सबै तिम्रै भलाइको लागि काम गर्दैछौं।
विशाल (आक्रोशमा): तिमीहरू जति छलकपट गरे पनि म गवाही पनि ल्याउँछु । यो नगरप्रमुखको भ्रष्टाचारलाई कानुनी कारवाहीमा ल्याएरै छाड्छु !
(विशाल सरासर वकिल कहाँ जान्छ । वकिल विशालको कागजात हेर्दै उसलाई आश्वासन दिन्छ। विशाल केही शान्त देखिन्छ, तर कर्मचारीहरू धम्की र प्रलोभन देखाएर पाखा लगाउन खोजिरहेका छन्।)
विशालः एक मुठी प्राण रहेसम्म म पछि हट्ने छैन। मलाई कायर नसम्झ ।
(एक कर्मचारी विशाल नजिक आउँछ र कानेखुसी गर्दै भन्छ, “नगरप्रमुखले बोलाउनुभएको छ।” विशाल नगरप्रमुख कहाँ जान्छ।)
दृश्य २ः (नगरप्रमुखको कार्यालयमा)
(विशाल प्रवेश गर्छ। नगरप्रमुखले आत्मीयता देखाउँदै उसलाई स्वागत गर्छ।)
विशालः हजुर नगरप्रमुख ज्यू, के तपाईँले मलाई बोलाउनुभएको हो?
नगरप्रमुख (मुस्कुराउँदै): भाइ तिमी धेरै राम्रा मान्छे हौं । कसको वहकाउमा परेर यो क्रान्ति गर्ने सोचमा छौ?
विशाल (दृढतापूर्वक): म कसैको वहकाउमा छैन, म ठेला मजदुरहरूको हकहितका लागि उभिएको छु । म आफ्नो पेटको लागि र ठेलावासीहरूको उद्धारका लागि लड्दै छु।
नगरप्रमुख (कुटिल हाँसो दिँदै): खोइ, अरु त मेरो अगाडि देखिएका छैनन्। तिमी एक्लै क्रान्ति गरेर के गर्न सक्छौ?
विशाल (अडिग हुँदै): क्रान्तिको शुरुवात सधैं एक जनाबाट नै हुन्छ, प्रमुख ज्यू !
नगरप्रमुख (धम्क्याउँदै): क्रान्ति गरेर तिमी आफ्नो परिवारको पेटमा लात हान्न खोजिरहेका छौं ।
विशाल (आवेशमा): तपाईंले गलत बुझ्नुभयो । म आफ्नो परिवारलाई अझ बढी थिचोमिचो हुन नदिन संघर्ष गरिरहेको छु । यो मात्र मेरो परिवारको लागि होइन, सम्पूर्ण ठेला व्यवसायीहरूको लागि हो।
दृश्य ३ः (नगरप्रमुख कार्यालय बाहिर)
(पत्रकारहरू नगरपालिका बाहिर विरोध देखाउँदै प्रवेश गर्छन्।)
पत्रकार १ (कर्मचारीसँग कुरा गर्दै): यो ठेला व्यवस्थापनको विषयले अर्को मोड लिने संकेत देखिएको छ। तत्काल समाधान आवश्यक छ ।
पत्रकार २ (आलोचना गर्दै): यहाँ त डोकाहरू बजारमा तछाडमछाड गर्दैछन्, तर ठेला व्यवसायीहरूलाई किन दमन गरिएको हो?
पत्रकार ३ (नगरप्रमुखलाई हेर्दै): सबैका लागि एउटै नीति नियम किन लागू हुँदैन?
(नगरप्रमुख पत्रकारहरूलाई एकान्तमा बोलाउँछ र सल्लाह गर्छ। केही वादविवादपछि पत्रकारहरू विशाल कहाँ जान्छन्।
दृश्य ४ः (विशालको घर नजिक)
(विशाललाई पत्रकारहरूले भेट्छन् र मेयरले व्यवस्थापन गर्ने वाचा गरेका छन् भनेर जानकारी दिन्छन्।)
पत्रकार १ः मेयरले तत्कालै ठेला व्यवस्थापन गर्ने बाँचा गर्नुभएको छ । यदि नभए प्रतिकार हुनेछ ।
विशाल (शंका गर्दै): यो केवल बहाना मात्र हो।
पत्रकार २ (सान्त्वना दिँदै): केही समय कुर्दा हानी हुँदैन । हामी तिमीलाई साथ दिन्छौं ।
(विशाल केही समयका लागि प्रतिक्षा गर्न तयार हुन्छ र घरतिर लाग्छ।)
दृश्य ५ः (विच बाटोमा)
(विशाल घरतिर जाँदै गर्दा केहि गुण्डाहरूले उसलाई घेराउँछन् र हातपात गर्छन्। विशाल ढल्छ।)
गुण्डा १ (हास्दै): साहसी बनेर ठेला व्यवसायको लागि लड्न खोज्छस्, हँ?
गुण्डा २ः अब यत्रो लडाईमा तैले जित्छस् भन्ने सोचेको छस् ?
(विशालको अनुहारमा पीडा झल्किन्छ, तर उसको आँखा अझै दृढ छन्।)
क्रमश….
लाइभदाङ । १८ मंसिर २०८१, मंगलवार १८:१५ बजे