दंगीशरण गाउँपालिकाको २० औं गाउँसभा सम्पन्न ।

दंगीशरण,६ चैत्र ।
दंगीशरण गाउँपालिकाले २० औ गाउँसभा सम्पन्न गरेकोछ । शुक्रवार बसेको २० औं गाउँसभाले विभिन्न प्रतिबेदन ,बजेट संसोधन तथा रकमान्तर सहित आफ्नो २० औं गाउँसभा सम्पन्न गरको हो ।२० औं गाउँसभामा सभा अध्यक्ष शम्भु गिरीले प्रस्तुत गरेको कार्यसुचि अनुरुप पालिका उपाध्यक्ष पिमा वलि खड्काले प्रस्तुत गरेको बजेट संसोधन तथा रकमान्तर प्रस्ताव,लेखा समितीका सयोजक रेशम बहादुर वलिले प्रस्तुत गरेको लेखा समितीको प्रगती प्रतीबेदन,उपाध्यक्ष पिमा कुमारी वलि खड्काले प्रस्तुत गरेको विधायन समितीको प्रगती प्रतीबेदन,शुसान समितीका संतोजक शितारा नेपालीले प्रस्तुत गरेको शुशासन समितीको प्रगती प्रतीबेदन,उपाध्यक्ष पिमा कुमारी वलि खड्काले प्रस्तुत गरेको न्यायिक समितीको प्रगती प्रतीबेदन,पिमा कुमारी वलि खड्काले प्रस्तुत गरेको राजस्व परामर्श समितीको प्रगती प्रतीबेदन,सामाजिक विकास समितीका संयोजक रोशन जङ्ग शाहले प्रस्तुत गरेको सामाजिक बिकास समितीको प्रगती प्रतीबेदन,आर्थिक बिकास समितीका सयोजक शुकलाल चौधरीले प्रस्तुत गरेको आर्थिक विकास समितीको प्रगती प्रतीबेदन,पुर्वाधार समितिका सयोजक रमेश भण्डारीले प्रस्तुत गरेको पुर्वाधार बिकास समितीको प्रतीवेदन,मिना चौधरीले प्रस्तुत गरेको वन वातावरण तथा बिपद ब्यबस्थापन समितिको प्रगती प्रतिवेदन,प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपाली ले आर्थिक बर्ष साउनदेखि फाल्गुन महिना सम्म भएका कार्यपालिका बैठक निर्णयहरु अनुमोदन प्रस्ताव,रेशम बहादुर वलिले प्रस्तुत गरेको आय ब्ययको अनुमोदन प्रस्ताव २० औं गाउँसभाले सर्बसम्मत पारीत गरेको हो ।

२० औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलि खड्काले प्रस्तुत गरेको गाउँपालिकाको आफ्नै लोगो  (प्रतीक )चिन्ह अनुमोदन प्रस्तावलाइ भने केही संसोधितगरि आउने अर्को गाउँसभाबाट पारीत गर्ने निर्णय गरेको हो ।सभामा लेखा समितीका सयोजक रेशम वलिले आर्थिक बर्ष २०८२/८३ को फागुन मसान्त सम्मको कुल आय ब्यय प्रस्तुत गर्नुभएकोथियो ।दंगीशरण गाउँपालिकामा आर्थिक बर्ष २०८२/८३ को फागुन मसान्त सम्मको कुल आय २८ करोड ४० लाख ६७ हजार २ सय ९८ रुपियाँ ११ पैसा विभिन्न स्रोतहरुबाट आमदानी भएको उल्लेख गरीएकोछ ।यस्तै ब्यय तर्फ चालू अन्तर्गत १३ करोड ४९ लाख ५५ हजार ४ सय,९६ रुपियाँ ३८ पैसा र पुजिगत तर्फ १ करोड २७ लाख १५ हजार ३ सय ६९ रुपैयाँ ८६ पैसा गरि कुल जम्मा ब्यय रु १४ करोड ७६ लाख ७० हजार ८ सय ६६ रुपैयाँ २४ पैसा खर्च भइसकेको छ ।


चालू खर्छ तर्फ १३ करोड ४९ लाख ५५ हजार ४ सय ९६ रुपैयाँ ३८ पैसा अर्थात ४९.२४ प्रतिशत खर्च भएको र पुजिगत तर्फ १ करोड २७ लाख १५ हजार ३ सय ६९ रुपैयाँ ८६ पैसा अर्थात ३२.६६ प्रतिशत खर्च भएको उल्लेख गरीएको छ ।