खुम बहादुर खड्का स्मृति कप भलिबल जारी, तुलसिपुर फाईनलमा

लक्ष्मण बस्नेत,
दाङ २१ फागुन ।
तुलसिपुर उपमहानगरपालिका, खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को फाईनलमा प्रवेश गरेको छ ।
नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको सनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिका लाई २५( २१,२५ (२१ र २५(१४ अर्थात ३(० को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको सहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएको तुलसिपुरका तर्फबाट नेपालकै उत्कृष्ट ओपन स्पाईकर जर्सी न ४ का खेलाडी मान बहादुर श्रेष्ठ र जर्सी न ६ का खेलाडी धन बहादुर भट्ट ले उत्कृष्ट प्रदर्शन गरे । प्रतियोगिता अन्तरगत दिउँसो २ बजे पछि हुने दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्दैछ ।
प्रतियोगिताको उपाधिका का लागि भोलि आईतवार दिउँसो फाईनल खेल हुने प्रतियोगिताका संयोजक राजु आचार्यले जानकारी दिनुभएको छ । प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै ब्यक्तिगत बिधा तर्फ पुरस्कारको ब्यबस्था गरिएको संयोजक आचार्यले बताउनु भयो ।