
दंगीशरण,६ चैत्र ।
दंगीशरण गाउँपालिकामा सिकलसेल एनिमिया तथा थालासेमिया रोगको निःशुल्क परीक्षण तथा परामर्श शिविर सम्पन्न गरीएकोछ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान को आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा स्वास्थ्य चौकी हेकुलीमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले शिविरको उद्घाटन गर्नुभएकोथियो ।
शुक्रबार सम्पन्न शिविरमा ४३२ जनाले रगत जाच गराएको जसमा पुरुष १२२ र महिला ३१० जना रहेको अस्पतालका प्रसासन अधिकृत सालिकराम कालाथोकीले जानकारीदिनुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष शम्भु गिरीले शिविरमा दंगीशरणका सबै ७ वटै वडाका विशेषगरी थारु समुदायका नागरीकहरुले सेवा लिएको बताउनुभएकोछ । विशेष गरी थारु समुदायका व्यक्तिहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको जानकारीदिनुभयो ।
प्रतिकुल मौसमका बाबजुतपनि ४३२ जनाले रगत परीक्षण गराएकाले यस्ता शिविरहरु फेरी पनि आयोजना गरीने अध्यक्ष गिरीले बताउनुभयो ।शिविरमा आउन सहभागीहरूको सहजताका लागि प्रत्येक वडामा बसको व्यवस्था समेत गरिएकोथियो।



लाइभदाङ । ६ चैत्र २०८२, शुक्रबार १९:५७ बजे