तुलसीपुर मेट्रो कलेजमा अनुसन्धान कार्यशाला

तुलसीपुर,२६ मंसिर । तुलसीपुर मेट्रो कलेजले विद्यार्थीहरुलाई लक्षित गरेर अनुसन्धान लेखनी सम्बन्धि कार्यशाला सञ्चालन गरेको छ । बिएएलएलबी आठौ र दशौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले ३ दिनसम्म कार्यशाला सञ्चालन गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो ।


विद्यार्थीहरुमा अनुसन्धनात्मक लेखनीको सीप विकास गराउनका लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यशालामा अनुसन्धान विधि, बौद्धिक लेखनी लगायतका विविध विषयमा जानकारी दिइने कार्यक्रम संयोजक विजय पोख्रेलले बताउनुभयो । कार्यशालामा लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनुसन्धान केन्द्रमा डा। बसन्त पौडेलले सहजिकरण गर्नु हुने छ ।