प्रथम सुनिल स्मृति कपको उपाधि इलेक्ट्रिकल समुहले जित्यो

तुलसीपुर, १९ मंसिर ।
तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको सुनिल स्मृति कपको उपाधि इलेक्ट्रिकल समुहले जितेको छ । वन विज्ञान अध्ययनरत विद्यार्थी सुनिल खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा आयोजक वन विज्ञान समुहलाई १ गोलले हराउँदै इलेक्ट्रिकल समुहले उपाधि हात पारेको हो ।

यसैविच कार्यक्रमको आयोजना गरेर विजयी खेलाडी र समुहलाई पुरस्कार वितरण गरिएको छ । कलेज प्रमुख वसन्त आचार्य, वन विज्ञान प्रशिक्षक सचिन सुवेदीले पुरस्कार वितरण गरेका हुन् । प्रथम हुनेलाई १० हजार र द्धितीय हुनेलाई ६ हजार पुरस्कार वितरण गरिएको हो ।


सो अवसरमा खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने माधव खड्का र धेरै स्कोर गर्ने हेरम्ब थापालाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजिकरण डिल्ली खड्काले गरेका थिए ।