उत्तम कुमार श्रेष्ठका पाइला…

परिवर्तन र क्रान्तिको विगुल अक्षरमा अनुवाद गरि गाउँ बस्ती र सिंगो राष्ट्रलाई जागृत गर्ने अदम्य उत्साह र जोस बोकेर अगाडी बढेर अगाडि बडिरहेका मेरा पदचापहरु अबिराम चालिरहेका छन् । निरन्तर जसरी एउटा नदी सदावहार आफ्नो कर्ममा अडिग रही बगिरहन्छ र बग्दा बग्दै उ आफ्नो लक्ष्य प्राप्तिको समुद्रमा मिसिन पुग्छ ।

 

सिर्जनाको यो महान यात्रामा मेरो जीवन भोक प्यास निन्द्रा विर्सिएर कुदिरहेको छ । कुदाइकै क्रममा यी रचानात्मक नयनहरु अक्षरको मृदल विज छर्दै कहिले हिमालमा ठोकिन्छन् । कहिले पहाडमा उक्लन्छन् त कहिले तराइका सुन्दर बस्तीहरमा नाचिरहन्छ । सिर्जनाका यथार्तरक तरेलीहरुमा तेरिदै मन्द शतिल पवनसँगै लुकामारी खेल्दै आएको मेरो प्रिय कलमले समाजको यथार्थपरक घटना ,परिघटना , भोगाई र मानवीय संवेदनाका आलकहरुमा पौडिंदै विभेद विसङ्गति चिर्ने भरपुर प्रयास गरिरहेको छ । राम्रो कर्म गर्नेहरुलाई उत्प्रेरणा र सम्मान दिनु नराम्रो कर्म गरिरहेकालाई सचेत गराउनु कविहरुको धर्म हो । यही कर्मलाई आत्मसाथ गर्दे अगाडि बढ्ने क्रममा म आज हाम्रै घर आगन नजिक मा बस्ने एउटा असल व्यक्तित्वको बारेमा मेरो कलमलाई त्यतातिर कुदाउँदैछु ।

तुलसीपुर ‘क’ लाईन निवासी उत्तम कुमार श्रेष्ठ (उत्तम वस्त्रालयका मालिक) । नेपाली फिल्म जगतमा सुप्रसिद्ध नायक अर्जुन श्रेष्ठका दाई उत्तम कुमार श्रेष्ठ तुलसीपुर क्षेत्रका ठुला व्यापारी हुन् । उनलाइृ नचिन्ने तुलसीपुरमा विरलै छन् । नाम अनुुसारकै कर्मले परिचित श्रेष्ठ जो नेपाली समाजका गौरवशाली व्यक्तित्व हुन् । उनको अत्यन्त शालिन ब्यवहारले सबैको मन छुने गर्छ । उच्च मनक पनि उहाँको सरलपनाले सबैलाई असल जीवनको पाठ सिकाएको छ । हँििसलो चन्द्रवदन, सक्रिय, मिजासिला व्यक्तित्व उत्तम कुमार श्रेष्ठको सामाजिक जीवनका श्रेष्ठ उदाहरण थुप्रै देखिन्छन् ।

हरेक मानिस जन्मन्छन्, यो दुनियामा तर थोरै मान्छे मात्र समाजमा जन्मेका हुन्छन । श्रेष्ठले आफ्नो जीवन यात्रामा अनेकौ उदाहरणीय असल काम गर्दै नेपाली समाजमा सदैव सुकीर्तिको सुगन्ध फैलाइरहेका छन् । यो नश्वर जीवनको कुनै भरोसा छैन आखिर एकदिन सबैले यो धर्तीबाट बिदा हुनुपर्छ । जसले जीवनभर सत्कर्मको यात्रा गर्छ त्यो अवश्य जीवनपर्यन्त सुख यैश्वर्यको त्रिपुरमा पुगी ईश्वरीय उद्यानमा देवगणको पङ्तीमा पङ्तीबद्ध हुन पाउँछ ।

प्रस्तुती : भवानी न्यौपाने(भावना)

उत्तम कुमार श्रेष्ठका उत्तम कर्मका उदाहरण देख्ने अवसर पाएकी उनकी आँगनकी चेली हुँ हाम्रै आँगनमा यस्तो असल व्यक्ति पाउँदा अत्यन्तै गर्व लाग्छ । उनले क्रियापुत्री भवन, मलामी गृह, भगवतीको मन्दिर ठाउँ–ठाउँमा बनाइदिएका छन् । उत्तम कुमार श्रेष्ठले निर्माण गरेका ति पुण्यधाम यो समाजका ज्वलन्त उदाहरण हुन् ।

व्यापारमा व्यस्त जीवन छँदाछँदै ग्रहाकसित उनको शिष्टाचार देख्दा सबैको हृदय पुलकित हुन्छ । दिनहुँ पसलको भिडमा रहेर पनि कहिले थकित उदास नहुनु र कहिले रिस नआउनु नित्य शान्त, हँसमुख देखिनु असल मानविय गुण हुन । उनका यी प्रचुर गुणले दाङवासी सबैलाई प्रेरणको पाठ पढाइरहेका छन् ।

उनको सच्च आध्यात्मिक सामाजिक गुणको संक्षिप्त लेखनीमा कुदेको यो कलम भबिष्यमा अझैं फराकिलो बनेर उदाउनेछ । काब्ययात्राको उद्यानमा फिल्म क्षेत्रका नायक र धार्मिक अनि सामाजिक क्षेत्रमा उनको सफलताको सबैले प्रशंसा गर्ने गरेका छन् ।


संघर्षमा हुर्किएका उत्तम

०१४ साल फागुन ११ गते घोराहीमा बुवा भुपेन्द्रश्वर श्रेष्ठ र आमा विष्णुदेवी श्रेष्ठको कोखबाट जन्मिएका उत्तम ६ भाई छोरामध्येका चौथो छोरा हुन् । उनका एक दिदी र एक बहिनी छन् । व्यापारिक परिवारमा हुर्केका उत्तम पनि अन्ततः ब्यापारी नै बने । उनका वुवाले पनि कपडा पसल गर्थे । उनकै वुवाको प्रेरणाले उनी हाल आफू पनि व्यबसायी पेशामा आबद्ध छन् । तर, उनको इच्छा इञ्जिनियर बन्ने थियो । परिस्थितिले उनलाई ब्यबसायी बनायो । भन्छन्‘इञ्जिनियर बन्न नपाएपछि ब्यबसायी भएँ ।’

उनी २०३८ सालदेखि व्यबसायमा लागेका हुन् । १० बर्षसम्म घोराहीमै ब्यापार गरेका उनी तुलसीपुरमा पनि बजार विस्तार हुन थालेपछि यहाँ आएका हुन् । २०४६ देखि उनको परिवार तुलसीपुर आएको हो ।

व्यापारि मात्रै होईन्, सामाजिक काममा पनि उनको परिवारको उत्तिकै योग्दान छ । उनका बुवाले घोराहीमा रहेको पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय संचालनको लागि चारविघा जग्गा दिएपछि विद्यालय स्थापना भएको थियो । समाजसेवा गर्ने वुवाको गुण छोरामा पनि स¥यो । उत्तमले कालाखोलामा रहेको सवदाहा गृह निर्माण गरे । करिब साढे ३ लाखको लागतमा उक्त शब्दाहगृह स्थापना गरेका हुन् । अहिलेसम्म १२ वटासम्म विद्यालयमा उनले अक्षयकोष स्थापना गरेका छन् । तुलसीपुरमा रहेको कालिका मन्दिरमा १६ लाखको लागतमा दुर्गामाताको मन्दिर बनाएका छन् ।

आबद्धता

उनी तुलसीपुर उद्योग वाणिज्य संघमा २०५८ सालमा उपाध्यक्ष, २०६० सालमा अध्यक्ष, २०६२ सालमा उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा भएका थिए । अन्य संस्थाहरुमा पनि उनि सक्रिय हुँदै आएका छन् । २०४० सालदेखि रोटरी, नेपाल रेडक्रसको आजिवन सदस्य, राप्ती बबई क्याम्पसको आजिवन सदस्य छन् । क्याम्पसमा उनले अक्षयकोष समेत स्थापना गरेका छन् । साभारः अग्रिम साप्ताहिक

May be an image of 15 people, people standing and text