संघर्षले चम्किएकी सविता

टेकराज भण्डारी
राप्ती प्रादेशिक अस्पताल नर्सिङ प्रमुखको जिम्मेवारी सम्मालेकी सबिता कौशलको जन्म २०४७ साल मंसिर १० गते अर्घाखाँची जिल्लाको साविकको अर्घातोष गा.वि.स वडा नं.५ मा माता रिमा कुमारी र बुवा खगेश्वरको कान्छी छोरीको रुपमा भएको हो । उनका दुई दाइ र दुई दिदी छन् । घरको सबैभन्दा कान्छी भएको कारण दाइ र दिदीहरुको स्नेह र रेखदेखमा उनको बाल्यकाल रमाइलो तरिकाबाट बित्यो ।

पढाईमा अब्बल सबिता श्री सरस्वती उच्च मा.वि मा अर्घाखाँचीमा कक्षा १ देखि १० सम्म अध्ययनरत रहँदा कहिल्यै दोस्रो हुनुपरेन सधै प्रथम भईन्। २०६२ सालमा एस.एल.सी ७०.३८ प्रतिशत ल्याएर प्रथम श्रेणीमा उर्तिण गरिन्। त्यति बेला सरकारी विद्यालयबाट प्रथम श्रेणीमा एस.एल.सी पास गर्नसक्नुलाई ठुलै उपलब्धी मानिन्थ्यो । फोलोरेन्स नाइटिन्गलको जीवनबाट प्रभावित उनी नर्सिङ पढ्ने निर्णय गर्छिन् ।

नर्सिङ पढ्नलाई भने महङ्गो शुल्क थियो । भारतमा नोकरी गर्ने उनका बुवाको थोरै कमाईले नर्सिङ पढाउन सम्भव थिएन । उनले छात्रवृतिमा नाम निकाल्नको लागि धेरै मेहिनत गर्छिन् । शुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौमा २०६३ सालमा पि.सी.एल नर्सिङ पढ्नको लागि छात्रवृतिमा निकाल्न सफल हुन्छिन्। दुर्गम गाउँको सरकारी विद्यालयबाट अध्ययन गरेर राजधानीमा छिरेकी सबितालाई शुरु शुरुमा नर्सिङ अध्ययन गर्न धेरै नै समस्या हुन्छ।

नेपाली माध्यमबाट स्कूल पुरा गरेकी उनलाई अंग्रेजी माध्यमबाट पढाई हुँदा पि.सी.एल नर्सिङ धेरै कठिन लाग्छ। पढाई छोडौ जस्तो पनि लाग्छ। तर कहिल्यै हार नमान्ने र मेहनती स्वभाव भएकी सबिताले आफुलाई पढाईमा अव्वल साबित गर्दै २०६६ सालमा पिसिएल नर्सिङ विशिष्ट श्रेणीमा उर्तिण गर्छिन् । लोक सेवा आयोगले २०६६ सालमा लिएको परिक्षामा पहिलो प्रयासमा नै उनी स्टाफ नर्स पाँचौ तहमा नाम निकाल्न सफल भइन् ।

उनको जागिरे जीवनको पहिलो पोस्टिङ २०६७ सालमा अर्घाखाँचीको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा हुन्छ। उनि त्यहाँ दुई वर्ष काम गर्छिन् । त्यसपछि व्याचलर इन नर्सिङ पढ्नको लागि २०६९ मा इन्ट्रान्स दिन्छिन् ।अव्बल सबिता पहिलो प्रयासमै इन्ट्रान्स परीक्षामा नाम निकाल्न सफल भई महाराजगन्ज नर्सिङ क्याम्पसमा भर्ना हुन्छिन्।बेतलबी विदा लिई अध्ययन शुरु गरेकी उनले वि।सं।२०७२ सालमा विशिष्ट श्रेणीमा व्याचलर इन नर्सिङ पुरा गर्छिन्।स्नातक अध्ययन पश्चात उनको सरूवा गुल्मी जिल्ला अस्पतालमा हुन्छ।

२०७२ सालमा नर्सिङ अधिकृतको लागि लोकसेवा आयोगले विज्ञापन खुलाउँछ।अस्पातलको व्यस्त दैनिकी र अध्ययनलाई संगै अगाडि बढाउन सजिलो थिएन। थकान र कार्य व्यस्तताका बावजुद अधिकृत हुने हुटीहुटीले उनले समय व्यवस्थापन गर्दै लोकसेवाको तयारीमा जुट्ने निधो गर्छिन्। यसमा उनको परिवारको साथ र सहयोगले हौसला प्रदान गर्छ।पहिलो प्रयासमा मै नर्सिङ अधिकृतमा नाम निकाल्न सफल भई उनले पहिला काम गरेको गुल्मी जिल्ला अस्पतालमा २०७३ सालमा नर्सिङ अधिकृतको नियुक्ति लिएर काम गर्न जान्छिन्। त्यहाँ दुई वर्ष अधिकृत तहमा काम गर्छिन् ।

दुई वर्षको अधिकृतको अनुभव बटुलीसकेपछि मास्टर इन नर्सिङ पढ्नको लागि २०७५ सालमा महाराजगन्ज नर्सिङ क्याम्पसमा इन्ट्रान्स दिन्छिन्।उनी त्यहाँ पनि नाम निकाल्न सफल हुन्छिन्। दुई वर्ष अध्ययन विदा लिएर : aster in Nursing in Women Heath & Development अध्ययन गर्छिन् र विशिष्ट श्रेणीमा उर्तिण गर्छिन् ।

उनी अध्ययनमा रहदै गर्दा सातौं नर्सिङ अधिकृतबाट बरिष्ठ नर्सिङ अधिकृत आठौ तहमा बढुवा भइन्। स्नाकोत्तरको पढाइ सकिए पछि २०७८ सालमा वीर अस्पतालमा सरुवा भइन्।त्यहाँ एक वर्ष काम गरिन्।उनी अहिले राप्ती प्रादेशिक अस्पताल दाङमा कार्यरत छिन्। रोचक पक्ष के छ भने अहिलेसम्म उनलाई कुनै पनि परीक्षा दोर्हाएर दिनु परेको छैन , उनलाई पहिलो प्रयासमै सफलता मिलेको छ ।


जागिरे जीवनमा धेरै तिता मिठा र अनेकौ अविस्मरणीय क्षण उनले अनुभव गरेकी छन् ।उनी गुल्मी जिल्ला अस्पतालमा कार्यरत हुँदा ८/९ वर्षको बच्चा जलेर हस्पिटलमा भर्ना भएको थियो । उसका आमा बुबा गरिब र अपांग थिए । बच्चाको उपचारको लागि आवश्यक औषधी र खाना पुर्याउन परिवारलाई गाह्रो थियो।सेवा नै धर्म हो भनी नर्सिङ पेशा अंगालेकी उनको पहलमा हस्पिटलका सबै स्टाफहरू मिलेर आर्थिक सहयोगबाट आवश्यक औषधी र प्रोटिन युक्त खानेकुराको व्यवस्था गर्छन् ।

बच्चाको अवस्था उपचारपछि सोचे अनुरूप सुधार नभए पछि ठुलो हस्पिटलमा रिफर गर्नुपर्ने हुन्छ। उनलाई र्आर्थिक अभावका कारण पठाउन सकिने अवस्था थिएन।कोमल हृदय भएकी सबिताकै सक्रियतामा आर्थिक सहयोग जुटाएर ठुलो पाल्पा मिसन हस्पिटलमा रिफर गर्छन् । “मिडियासम्म यो कुरा पुगेको रहेछ । “अविवाहित नर्स बनिन् बच्चाको आमा ” हेडलाइनमा हामीहरुले गरेको सानो प्रयास मिडियाले छापेपछि धेरै व्यक्तिहरूले बच्चाको लागि रकम सहयोग गर्नुभयो, हामीहरुलाई स्याबासी दिनुभयो।

संकलन भएको सहयोगले एक महिनासम्म ती बच्चाको उपचार भयो। उनको स्वास्थ्य सुधार हुदै गयो । त्यसपछि बच्चा निको भएर भेट्न अस्पताल आईपुगे । त्यति खेर एकदमै खुसि भइन् ।खुसीले उनको आँखामा आँसु टल्पलाए।“आफूले गरेको सानो प्रयासले बच्चाको जिन्दगी बचाउन सकेको यो पल उनको लागि अविस्मरणीय छ।

अहिले यो स्थान सम्म आइपुग्नको लागि उनले धेरै संघर्ष गरिन् । गरिब परिवारमा जन्मिए कि उनका बुबा इन्डियाको जागिरे हुनुहुन्थ्यो। उनले भनिन् ‘एक जनाको कमाईले पाँच जना छोरा छोरीलाई पढाउने, दैनिकी चलाउन गाह्रो थियो । आमाले भैसी, बाख्रा पाल्ने, खेती गर्ने गर्नु हुन्थ्यो । जागिरे जिवन सुरू गरेपछि पनि पढाईलाई खर्च गर्नुपर्ने भएकाले घरमा आर्थिक सहयोग गर्न सकिएन पढाईमा नै खर्चिनु पर्यो।’ उनले मास्टर इन नर्सिङको अध्ययन पूरा गर्नुभन्दा पहिला नै विवाह गरेको थिइन् ।

उनको विवाह २०७५ सालमा दाङ तुलसीपुरका बसन्त कुमार दुलालसँग भयो ।पेशाले उनका श्रीमान् सरकारी इन्जिनियर हुन्। उनलाई विवाह पछिको पढाई निकै चुनौती पूर्ण हुन्छ भन्ने लागेर मास्टर गरिसकेपछि मात्र विवाह गर्ने उनको योजना थियो ।तर घर परिवारको सल्लाहमा अगाडि नै विवाह भयो।

उनको विवाह २०७५ सालमा दाङ तुलसीपुरका बसन्त कुमार दुलालसँग भयो । पेशाले उनका श्रीमान् सरकारी इन्जिनियर हुन्। उनलाई विवाह पछिको पढाई निकै चुनौती पूर्ण हुन्छ भन्ने लागेर मास्टर गरिसकेपछि मात्र विवाह गर्ने उनको योजना थियो । तर घर परिवारको सल्लाहमा अगाडि नै विवाह भयो। उनलाई विवाह गरि सकेपछि आफ्नो करियर नै अगाडी बढ्न नपाउला भने ठुलो डर थियो। श्रीमानको र परिवारको सहयोग र राम्रो साथ पाइन् ।

जसले गर्दा घर,जागिर र पढाई अगाडि बढाउन कुनै समस्या भएन । उनले भनिन् जीवन एउटा संघर्षशिल यात्रा हो ।जीवन जिउने सिलसिलामा उतारचढाब आउँछन् । यसलाई धैर्य गरेर सामना गर्दै अगाडि बढ्नु नै जीवन हो । पढाई, जागिर, घरपरिवार मिलाएर लैजानु पनि चुनौती पूर्ण नै हुन्छ । परिवारको साथ र सहयोग भयो भने हरेक कुरा सम्भव छ ।उनको सफलता पछाडि उनको आफ्नो दृढ आत्म विश्वास, मेहनत, लगनशीलता र परिवारको साथ सहयोग र हसौला रहेको छ ।