दिवंगत हिरा डाँगीको स्मृतिमा रक्तदान

तुलसीपुर,३ चैत ।
दाङको तुलसीपुरमा दिवंगत हिरा डाँगीको छैठौं स्मृतिमा रक्तदान गरिएको छ । मंगलबार रक्त सञ्चार केन्द्र तुलसीपुरमा रुक्तदान भएको हो । त्यस अवसरमा २५ जनाल रक्तदान गरेका थिए । रगत अभाबका कारण कसैको पनि उपचारमा समस्या नहोस्, भनि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

हिरा डाँगी फाउन्डेशनको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । पछिल्लो समय रगत अभाब भएको भन्दै रक्तदान कार्यक्रम गरिएको फाउन्डेशनका अध्यक्ष पोखरसिंह डाँगीले बताए ।


कार्यक्रममा बक्ताहरुले हिरा डाँगीले रगत अभाबकै कारण ज्यान गुमाउने परेको भन्दै त्यस्तो नियती कसैले पनि भोग्न नपरोस्, भनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका थिए । स्मृतिको अवसरमा विगतमा हिरा डाँगी कप हुने गरेको भएपनि यस पटकको जेनजी आन्दोलन र प्रतिनिधिसभा सदस्यको निर्वाचनका कारणले नभएपनि अर्को पटक हुने अध्यक्ष डाँगीले बताए । साथै आगामी दिनमा अन्य सामाजिक कार्यहरु पनि गर्ने उनको भनाई छ ।