अस्थायी क्रसर अनुमतिको बहस र उठेका प्रश्न

दाङको तुलसीपुर उपमहानगरपालिकाले अस्थायी क्रसर उद्योग अनुमति दिने विषयमा छलफल अगाडी बढाएपछि यस विषयमा बहस सुरु भएको छ । तुलसीपुर १२ स्थित ग्वारखोलाबाट जसपुर क्षेत्रमा सिंचाई गर्नकालागि करोडौंको लगानीमा नहर निर्माण हुन लागेको छ । त्यो नहर निर्माणकालागि आबश्यक सामग्री उत्पादन आफ्नै क्रसरले गर्ने गरि ठेकेदार कम्पनीले माग गरेपछि अस्थायी क्रसर उद्योग सञ्चालनको अनुमति दिने वा नदिने भन्ने विषयमा कार्यपालिकामा बहस भइरहेको छ । यो सन्दर्भमा कार्यपालिका सदस्यहरु पनि दुई धार भएका छन् । एक पक्ष अनुमति नदिने भन्छ, भने अर्को पक्ष अनुमति दिनपर्ने विषयमा लबिङ गरिरहेको छ ।

यस अघि पनि अस्थायी क्रसर उद्योग सञ्चालनको अनुमति लिएर स्थायी रुपमै चलाइरहेका उदाहरणहरु रहेकाले पनि यो विषय बढि पेचिलो बन्ने गरेको छ । अस्थायी भनेर अनुमति लिने र स्थायी रुपमा क्रसर चलाउने गर्ने गरेका छन् । यसले गर्दा पनि शंकाको विषय बनेको छ । सत्ता र शक्तिको आडमा यसरी नागरिकको भावना अनुसार कामहरु भइरहेकाले पनि यो विषय पेचिलो हुनु स्वभाविकै पनि हो । यसमा उपमहानगरपालिकाले पनि आफ्नो नाफा÷घाटा पनि हेरिरहेको छ । क्रसर चलाउदा आफूहरुलाई त्यसले कति सामग्रीहरु उपलब्ध गराउने, अन्य सुविधाहरु उपमहानगरपालिकाले के–के दिने भन्ने विषयको पनि बहस हुने गरेको छ । यदि अस्थायी क्रसर उद्योग अनुमति दिने तर, त्यसले उपमहानगरपालिकालाई केही पनि फाईदा नहुँने अबस्था रहेमा त्यसको औचित्य नरहने विषयमा पनि बहसहरु भइरहेका छन् ।

विकास निर्माणकालागि क्रसर उद्योग सञ्चालन दिनु पर्छ नै । किनकी ठूला–ठूला योजनाहरुकालागि सामग्रीहरु बाहिरबाट ल्याएर सम्भव हुँदैन । तर, राज्यले नै अहिले स्थायी क्रसर उद्योगहरु सञ्चालनको अनुमति सहजै नदिइरहेको अबस्था छ । अहिले सञ्चालनमा रहेका क्रसर उद्योगहरु पनि मापदण्ड अनुसार चल्न सकिरहेका छैनन । सरकारले पटक–पटक नियमन गर्न खोज्छ, तर पछि हटिरहन्छ । क्रसर व्यबसायीहरुको हालिमुहाली छ । सरकार परिबर्तन गर्नेसम्मको हात क्रसर मालिकहरुले राख्ने गरेका सामाचारहरु बाहिर आउछन्। बालुवा धुने उद्योगका रुपमा अनुमति लिने र क्रसर उद्योग नै चलाईरहेका छन्, त्यसमा पनि राजनीतिक दलका नेताहरु नै सहभागि रहेर यसरी अबैद्य धन्दा चलिरहेको अबस्थामा उपमहानगरपालिकाले अस्थायी अनुमति दिने र अबैद्य रुपमा स्थायी बनाएर चलाउने हो की भन्ने प्रश्न उठ्ने गरेको छ । अस्थायी क्रसर अनुमति दिदा नागरिकको जीवन, जलवायुलगायतमा असर नपर्ने गरि दिने र कति समयकालागि, के प्रायोजनकालागि दिने हो भन्ने कुरा प्रष्ट खुलाएर दिनुपर्छ ।र, निर्माणको काम सकिएमा तत्काल क्रसर बन्द गर्नतर्फ लाग्नुपर्छ । अन्यथा शक्ति र सत्ताको आडमा त्यहीबाट अबैद्य धन्दा सुरुवात नहोला भन्न सकिदैन । साभार: अग्रिम साप्ताहिक


 

May be an image of 3 people and text that says 'अगिम २०७८ सम्पादकीय... गते सोमबार (Agrim Weekly, Monday 2022) www.livedang.com विविध नेपालमा कोरोनाको तेसो लहर ओरालो लागेको हो? अस्थायी कसर अनुमतिको बहस र उठेका प्रश्न दाडको तुलसीपूर उपमहानगरपालिकाले अस्थायी विषयमा छलफल अगाडी बढाएपछि भएको तुलसीपुर विषयमा गुरुड लागेको उद्योग अस्थायी कार्यपालिका गतेदेखि गएको संक्रमितको संख्या माघ गतेदेखि देखाउद अस्थायी पेचिलो उपमहानगरपालिकाले हेरिरहेको सामग्रीहरु उपमहानगरपालिकाले गरेको आफूहरुलाई उद्योग सज्चालन ठूला-ठूला योजनाहरुकालागि अनुमति अबस्था मापदण्ड नियमन सकिरहेका गर्नेसम्मको अनुमति राजनीतिक अस्थायी अन्मति गरेको अस्थायी उठने समयकालागि, प्रायोजनकालागि दिनुपर् लागतुपर्छ अन्यथा आडमा त्यहीबाट अबैद्य धन्दा सुरुवात नहीला सकिदैन'