शहीद दिवसमा जेसिज तुलसीपुरले ग¥यो ‘दिपप्रज्वलन’

तुलसीपुर
१६ माघ/ शहिदहरुको सम्झनामा तुलसीपुर नगर जेसिजले दीप प्रज्वलन गरेको छ । आईतबार साँझ तुलसीपुरको जेसिज चोकमा चोकमा दीप प्रज्वलन गरेको हो ।

अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई‘नारायण’को प्रमुख आतिथ्यमा कार्यक्रम गरि देशका लागि आफ्नो प्राण आहुति दिने सहिदहरुको सम्झना गरिएको हो । त्यस अवसरमा कार्यक्रम संयोजक चुडामणी कडेँलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।


त्यस अवसरमा वक्ताहरुले जहानियाँ राणा शासन विरुद्धको क्रान्तिमा आफ्नो जीवनको आहुति गरेका शहिदहरुलाई सम्मान गर्नुपर्ने बताएका थिए । जेसिजका पदाधिकारी, स्थानीय युवा लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा जेसीज आस्था मनिष शाहले प्रस्तुत गरेका थिए भने संहजीरकण महासचिब पूर्णविक्रम डाँगीले गरेको प्रबक्ता छबिकुमार ओलीले जानकारी दिए ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको सम्झनामा शहीद दिवस मनाइन्छ ।