
गोरखा,३० फागुन ।
मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ ।
मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयको समन्वयमा उद्धार गरिएको हो ।



लाइभदाङ । ३० फाल्गुन २०८२, शनिबार २१:३७ बजे