
तुलसीपुर, ३० फागुन । अप्टिमिस्ट एशिया डिस्ट्रिक्टको केन्द्रीय कोषाध्यक्षमा दाङका मानबहादुर बस्नेतलाई चयन गरिएको छ ।
शनिबार काठमाडौंमा भएको सम्मेलनले तुलसीपुर शाखाका संस्थापक अध्यक्ष बस्नेतलाई चयन गरेको हो ।
बस्नेत यस अघि लेफ्टिेनेन्ट गभर्नर थिए । उनी शैक्षिक क्षेत्रमा लामो समयदेखि आबद्ध ब्यक्ती हुन् । उनले बिभिन्न सामाजिक संघसंस्थाको नेतृत्व समेत गरेका छन् ।
बस्नेतको नेतृत्व, अनुभव र समर्पणले अप्टिमिस्ट क्लब तुलसीपुरलाई थप शसक्त बनाउने तुलसीपुरका अध्यक्ष नोबेल डीसीले बताए ।



लाइभदाङ । ३० फाल्गुन २०८२, शनिबार १९:३३ बजे