प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु

दाङ,२६ फागुन । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएको छ । प्रतिष्ठानमा क्याथ ल्याब मेसिन रहेकाले मुटु रोगको उपचार सुरु गरिएको फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिले बताउनुभयो ।
मंगलबार प्रतिष्ठानमा आएका रोल्पाका ५९ बर्षिय पुरुषको उपचार गरिएको हो । ति पुरुषको मुटु वरिपरि अत्याधिक पानी जम्मा भएको थियो ।


त्यसपछि प्र्रतिष्ठानको एमआरआई, सिटिस्क्यान, भिडियो एक्सरेको सहयोगमा बिरामीको रोगको डाइग्नोसिस गर्न सहज भएको उहाँले बताउनुभयो । मुटु वरिपरि पानी धेरै नै जम्मा भएको पत्ता लागेपछि मुटु रोग विशेषज्ञ उप्रेतीको नेतृत्वमा तारको बिधिबाट अप्रेसन गरेर निकालिएको हो । अप्रेसनपछि बिरामीको अबस्था सामान्य रहेको छ , भने डिस्चार्ज समेत भइसकेको छ ।
उप्रेतीका अनुसार मुटु रोगको उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडि पनि सञ्चालनमा ल्याएको छ ।