तुलसीपुर महोत्सव : द्वन्द हुने अबस्था आएको छ: अध्यक्ष चालिसे

रामप्रसाद चालिसे

तुलसीपुर
१९ मंसिर / तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुरमा महोत्सव लगाउने सन्दर्भमा द्वन्द हुने अबस्था सिर्जना भएको बताएका छन् । ‘हामीले महोत्सव सञ्चालन नगर्नुस् भनेको होईन्, फरक मोडेलबाट महोत्सव सञ्चालन गर्नुस्, महोत्सवमा फेन्सी कपडा नहाल्दिनुस, जुता चप्पल नहाल्नुस् भनिरहेका छौं’, उनले भने‘ तर, उहाँहरुले मान्नु भएको छैन । मलाई यहाँका व्यबसायीहरुलाई हामीलाई निकै दवाव दिनुभएको छ, कि त हाम्रा समस्या सम्बोधन गरिदिनुस्, कि भने राजीनामा दिनुस्, भन्नु हुन्छ, यदि हाम्रा व्यबसायीहरु आतंकित हुने अबस्था आएमा हामी चुप लागेर बस्ने हुँदैन, द्वन्द हुन सक्छ ।’

उनले व्यबसायीहरुकै संस्था भएर व्यबसायीलाई नै लात हान्न नहुँने समेत बताएका छन् ।

महोत्सव भनेको पर्यटन प्रबद्र्धनकालागि गरिने समेत उनले बताए । तर, पछिल्लो २ बर्षमा कोरोनाका कारणले महोत्सव लगाउन सक्ने अबस्था नरहेको र अब पुनः २/४ दिनमै पुनः लकडाउन हुन सक्ने अबस्था आएको भन्दै यस्तो अबस्थामा महोत्सवको आबश्यकता नरहेको समेत बताए ।

यसमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।‘स्थानीय सरकारले आम्दानी मात्रै हरेको छ । यस अघि हामीले महोत्सव लागउँदा सबै व्यबसायी, संघ संस्था मिलेर आउ भनिन्थ्यो, हामीले सबैसंग सहकार्य गरेर महोत्सव लगाउथ्यौं’, उनले भने‘अहिले हामीले लगाउने भन्ने थाहा पाएपछि महोत्सव लगाउन थाल्नु भएछ ।’


आफूहरुले महोत्सव लगाउने सन्दर्भमा हस्तक्षेप गर्न खोजेको भने नभएको उनको भनाई थियो । मानव अधिकार तथा शान्ति समाजले यो विषयमा निकास दिनकालागि पहल थाल्नुपर्ने बताए । समाजले विश्व स्वयं सेवक दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

तुलसीपुरमा चेम्बर अफ कर्मशले पुस १ गतेदेखि १२ गतेसम्म महोत्सव लगाउन थालेको छ ।