
दाङ, २६ फागुन ।
दाङका २६ उम्मेदवारले एक सय मत कटाएका छैनन् । तीन वटा निर्वाचन क्षेत्रका ७० जना उम्मेदवार मध्ये २६ उम्मेदवारले एक सय मत कटाउन नसकेका हुन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दाङ क्षेत्र नं.१ बाट १४ उम्मेदवार रहेकोमा ४ जनाले, क्षेत्र नं.२ मा २३ जना उम्मेदवार रहेकोमा १२ जनाले र क्षेत्र नं.३ मा २३ जना उम्मेदवार रहेकोमा ११ जनाले एक सय मत पनि कटाउन सकेका छैनन् ।
क्षेत्र नं.१ बाट जनता समाजवादी पार्टी, नेपालका भरतलाल चौधरीले ८१, राष्ट्रिय परिबर्तन पार्टीका रन्जित चौधरीले २१ र आम जनता पार्टीका सिताराम यादवले ४८ मत मात्रै ल्याएका थिए ।
त्यस्तै क्षेत्र नं.२ बाट मंगोल नेश्नल अर्गनाईजेशनका ढुण्डीराज थापाले २१, प्रगतिशिल लोेकतान्त्रिक पार्टीका प्रतिक अधिकारीले ७४, नेश्नल रिपब्लिक नेपालका जितन पुनले ९२, मितेरी पार्टी नेपालका रेखबहादुर पुनको ९, राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र उच्च नेपालीको ४१ मत मात्रै ल्याउनुभएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार झरेन्द्र बहादुर खत्रीले २८, कृष्ण बहादुर सुनारले ७, कल्पना लामाले ९, धर्मराज शर्माले ३१, पदम प्रसाद पाण्डेले ३२, बालाराम पौडेलले ९, विष्णु विक्रम सेन वलीले ४, लालबहादुुर खत्रीले ७, विष्णु कुमारी भुसालले ११ र समिर वलीले ४ मत मात्रै प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं.३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगीले २४, संयुक्त नागरिक पार्टीका दलविर कामीले ९४, मितेरी पार्टी नेपालका सन्तोष सिंहलले १०, स्वतन्त्र उम्मेदवार पाण्डवी नेपालीले ८, इन्द्रबहादुर बस्नेतले १०, प्रेमबहादुर वलीले ७, भरत परियारले ६, भागिराम चौधरीले ११, महेश डाँगीले ८, सप्रिक कडेँलले १४ र सुरेश नेपालीले १ मत मात्रै प्राप्त गर्नुभएको छ ।



लाइभदाङ । २६ फाल्गुन २०८२, मंगलवार ०८:२८ बजे