तुलसीपुरमा बायो ग्यास बाल्न थालियो

तुलसीपुर, १७ भदौ ।
लामो समयदेखि अल्पत्र रहेको तुलसीपुरको बायोग्यास प्लान्ट सूचारु भएको छ । मासु बधसालालाई व्यवस्थित गर्नकालागि २०७३ सालमा बायोग्यास प्लान्ट निर्माण गरिएपनि त्यो सूचारु हुन सकेको थिएन । तर,अहिले त्यो सूचारु अवस्थामा छ । अहिले दुई वटामा मात्रै उर्जा खपत भएको तुलसीपुर उपमहानगर–पालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । “ग्यास प्लान्ट सूचारु भएको छ, तर, त्यसलाई विस्तार गर्न सकिएको छैन”,उनले भने “अहिले दुई घरले मात्रै त्यहाँबाट उत्पादन भएको उर्जा प्रयोग गर्नुभएको छ ।”

 खसीमासु बधशाला र राँगा भैसी बधशालामा गरि दुईवटा ग्यास प्लान्ट छन् । ति मध्ये खसी बधसालाबाट उत्पादन भएको उर्जा, सोही ठाउँमा नै प्रयोग भएको छ, भने राँगा÷भैसी बधशालाबाट उत्पादन भएको उर्जा भावना चौधरीको घरमा प्रयोग भएको मासु व्यवसायी समितिका कार्यालय सचिब तेजबहादुर खड्काले बताए ।


त्यसलाई निरन्तरता दिनकालागि नियमित पहल गर्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । “मैले त्यहाँ बायोग्यास प्लान्ट अलपत्र देखेपछि प्राबिधिक बोलाएर सूचारु गर्ने काम भयो”,उनले भने “यसलाई निरन्तरता दिनकालागि पनि पहल गर्नेछु ।”  २० लाखको लागतमा त्यहाँ बायोग्यास प्लान्ट निर्माण गरिएको हो । त्यहाँ ४१ वटा मासु पसलहरू रहेका छन् । लामो समयदेखि मासु बधसालामा अलपत्र रहेको ग्यास प्लान्टबाट वैकल्पिक उर्जा उत्पादन सुरु भएपछि मासु व्यवसायी पनि खुसी भएको सचिब खड्काले बताए । साभारः अग्रिम साप्ताहिक