सुरु भएन घोराही–तुलसीपुर चारलेन : पहिलेका ठेकेदारले कागजात दिन मानेनन्

दाङ
३ पुस / काम सकिने समय हुनै लाग्दा ३३ महिना पछि गएको मंसिरमा काम सुरु भएको भनि निर्माण कम्पनीले सुरु भयो । यस अघि पेटी ठेकेदारका रुपमा कार्यरत अनुप पाण्डेसहितले बीचमै काम अलपत्र पारेपछि ३३ महिनासम्म ७ प्रतिशत भन्दा बढि काम हुन सकेको थिएनन । अहिले पनि निर्माण सुरु भएको भनि घोषणा गरेको एक महिनासम्म पनि काम सुरु हुन सकेको छैनन ।

तथ्य ईञ्जिनियरिङ ईन्फ्रा प्रालिका प्रतिनिधि बिजय पाठकका अनुसार अनुप पाण्डेले पहिलेका कागजातहरु उपलब्ध नगराउँदा काम सुरु हुन नसकेको बताए ।‘हामीले सबै कागाजत मागेका छौं, माग्न थालेको एक महिना भन्दा बढि भयो’, उनले भने‘तर, उहाँहरुले कुनै पनि डकुमेन्टहरु उपलब्ध नबनाउँदा ढिलाई भएको हो, अबको २÷४ दिनमा हामी डकुमेन्टको प्रक्रिया पु¥याएर सुरु गर्छौं ।’ अहिले कन्सलटेन्सी मार्फट ति डकुमेन्टको प्रतिलिपी ल्याएर भएपनि काम सुरु गर्ने तयारी भइरहेको उनको भनाई छ ।

त्यसकालागि सडक आयोजनाको कार्यालय काठमाडौंमा थप डकुमेन्टकालागि प्रक्रिया अघि बढाएको बताए ।

अहिले चारलेन निर्माणको काममा ढिला हुनुको अर्को कारण आबश्यक कच्चा पदार्थको अभाले गर्दा पनि रहेको उनले बताए ।‘हामीले केही ठाउँमा मंसिरदेखि नै काम सुरु गरेका थियौं, हामीलाई अहिले तत्काल ढुंगा भन्दा पनि बढि माटो चाहिन्छ’,उनले भने‘तर, यो बीचमा केही स्थानबाट अनुमति लिएर माटो ल्याउने गरेको भएपनि बीचमा माटो बोक्ने सवारीहरु पक्राउ परेपछि पुनः प्रक्रिया पु¥याउने काममा लागिरहेका छौं, सायद ३÷४ दिनमा यो प्रक्रिया पूरा हुन्छ होला ।’

घोराहीको रामपुरसहित १० र ११ नम्बर वडाका बिभिन्न स्थानबाट माटो तथा ढुंगा उत्खनन् गरेर चारलेनकालागि लैजाने गरि प्रक्रिया अघि बढाईएको छ । त्यस्तै तुलसीपुरका पनि केही ठाउँबाट ढुंगा लैजाने गरि प्रक्रिया अघि बढाएको प्रतिनिधि पाठकले बताए ।


उक्त सडकलाई तीन भागमा बाँडेर काम अघि बढाएको समेत पाठकको भनाई छ । पेटी ठेकेदारका रुपमा पहिलो पाँच किलोमिटरमा काम गर्नकालागि मुकुन्द प्रसाद अधिकारीलाई जिम्मा दिईएको छ । त्यस्तै दोस्रो १२ किलोमिटरको काम बिमला निर्माण सेवालाई जिम्मा दिईएको छ । जसको सञ्चालक जयबहादुर शाही रहेका छन् । त्यो बाहेक बाँकी काम शिवपुरी निर्माण सेवालाई प्रदान गरिएको छ । जसको सञ्चालक रामशरण खड्का रहेका छन् ।

३३ महिनासम्म यसरी भयो अलपत्र
यस अघि ३३ महनिासम्म तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका छोरा अनुप पाण्डेले पेटी ठेकेदारका रुपमा काम गरेका थिए । उनले सुरु–सुरुमा तिब्रगतिमा काम गरेका थिए । तर, बीचमा काम छोड्दा चारलेनबाट मानबीय क्षति समेत ब्यहोर्नु परेको थियो ।

निर्माणको जिम्मा लिएको भारतिय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेब पाण्डेका अनुसार पेटी ठेकेदारले आफुहरुलाई गलत सूचना दिएका कारण ३३ महिनामा सन्तोषजनक काम हुन नसकेको बताए । अनले अबको एक बर्ष भित्रमा सडक निर्माणको काम सक्ने बताएका छन् ।

सोही सडक अस्तब्यस्त भएकै कारण अहिलेसम्म दुर्घटनाबाट १२ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले बताए । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिले सम्म १२ करोड रुपैयाँ खर्च भइसकेको छ । अब मजदुर राखेर रातदिन राखेर काम गर्ने योजनारहेको उनले बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले काम छिटो गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।