ज्ञान ज्योतिमा अध्ययनरत छात्राको दुर्घटनामा मृत्यु

दाङ, ९ पुस । दाङको तुलसीपुर ६ बरुवागाउँ स्थित ज्ञान ज्योति कलेजमा अध्ययनरत छात्राको दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार साढे ४ बजेतिर घोराहीबाट तुलसीपुर आउँदै गर्दा कक्षा १२ मा अध्ययनरत १९ बर्षीया छात्रा सिर्जना शर्माको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनी सल्यान क्षत्रेश्वरी गाउँपालिका ४ निवासी हुन् । शुक्रबार घोराहीमा भएको खेल हेरेर फर्किने क्रममा दुर्घटनामा परेको हो । उनीे बसमा नआई मोटरसाईकलमा तुलसीपुर आउदै थिइन् । त्यसै क्रममा दुर्घटनामा परेको हो ।


घोराही तुलसीपुर सडक खण्डअन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बस उनीहरु सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । तुलसीपुरबाट घाराही तर्फ गइरहेको रा १ ख २३७५ नम्बरको बसले तुलसीपुर तर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ का १७ बर्षीय क्रिश खड्का भने घाइते भएका छन् । यो संगै दुर्घटनामा परि ज्ञान ज्योति कलेजका मात्रै दुई छात्राको मृत्यु भएको छ । २ बर्ष अघि कलेजकै बस दुर्घटना हुँदा तुलसीपुर १५ कोठेरीकी सम्झना केसीको मृत्यु भएको थियो । कोठेरीमै उक्त बस दुर्घटनामा परेको हो ।