भिम रावल पराजित, काङ्ग्रेसका स्वार विजयी

अछाम, २३ फागुन ।
अछाम निर्वाचन क्षेत्र नम्वर १ बाट नेपाली काङ्ग्रेसका भरतकुमार स्वार विजयी भएका छन । नेपाली कम्युनिष्ट पार्टीका नेता भिम बहादुर रावल लाइ ५२८ मतको अन्तरले हराउदै स्वारले जित हासिल गरेका हुन । उनले दश हजार ७५८ मत पाए भने रावलले दश हजार २३० मत मात्र पाए । स्वार २०७२ को निर्वाचनमा रावलसँग पराजित भएका थिए। यस्तै साउद २०७० को संविधानसभा निर्वाचनमा रावलसँगै पराजित भएका थिए।


रावल यो क्षेत्रबाट २०४८ मा नेपाली कांग्रेसका नेता बलबहादुर कुँवर र २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द बहादुर शाहसँग पनि पराजित भएका थिए । यहा नेकपा एमालेका उम्मेदवार दिपक साउदले सात हजार ३८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले एक हजार ७३७ मत प्राप्त गरे।