प्रमोद आचार्य,
दंगीशरण २१ चैत ।
दंगीशरण गाउँपालिकाको आयोजनामा ३ दिने पत्रकारीता, लेखन सिप तालिमको आज (मंगलबार) एक कार्यक्रमका बिच समापन गरिएको छ। दंगीशरण गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ३ दिने पत्रकारीता तालिम आयोजना गरीएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले राज्यको चौथो अंगको रुपमा परीचित पत्रकार जगतले समाजको यथार्थ चित्रणलाई बाहिर ल्याउन सक्नु पर्ने बताउनुभयो । यस्तै अध्यक्ष गिरीले पत्रकार निस्पक्ष तथा स्वतन्त्र हुनु पर्ने बताउदै पत्रकारले राम्रोलाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्न सक्ने हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले पत्रकारीता पेसामा लाग्नु पुर्ब पत्रकारीताको धर्म मर्म र कर्तब्य बुझेर पत्रकारीता पेसामा लाग्न आग्रह गर्नुभयो । पत्रकारले चलाउने कलम समाजमा हुने राम्रा काम र नराम्रा काम सबैको सत्य र तथ्य कुरा उठान गर्दै समाजलाइ सु-सुचित गर्ने दिशा तर्फ अग्रसर रहन प्रशिक्षार्थिहरुलाई आग्रह गर्नुभयो । पत्रकारले चलायको कलमले समाजमा सकारात्मक छाप छोड्न सक्नुपर्ने बताउनुभयो ।
तिन दिन सम्म संचालित तालिमको प्रशिक्षकहरुमा पत्रकार सन्तोष सुबेदी,पत्रकार नारायण खड्का र दुर्गालाल केसी रहनुभएको थियो प्रसीक्षार्थिहरुको तर्फबाट ओपेन्द्र राज शर्मा र बालकृष्ण खड्काले ३ दिने तालिमको समिक्षा गर्दै तालिम आफुहरुको लागी धेरै फलदायी रहेको र तालिम आयोजना गर्ने पालिका परीवारलाइ धन्यवाद समेत दिनभयो ।
दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीको सभापतीत्वमा तथा पालिका उपाध्यक्ष पिमा वलि खड्काको उपस्थितिमा तालिमको समापन गरीएको हो । समापन कार्यक्रमको सहजीकरण पालिकाका प्रेश संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो ।
लाइभदाङ । २१ चैत्र २०७९, मंगलवार १८:३३ बजे