दंगीशरणका किसानलाई ५० प्रतिशत अनुदानमा तोरीको बीउ वितरण

दंगीशरण, ८ असोज ।
दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा तोरीको बीउ वितरण गरेकोछ । कृषि समुहरु मार्फत माग अनुसारको तोरीको बीउ वितरण गरेको कृषिसाखा प्रमुख शरु भुषालले जानकारी दिइन ।

गाउँपालिकाले सूचना जारी गरी माग संकलन गरेकोमा ६२ वटा समुहबाट तोरीको बीउ माग गरिएको थियो । १८ क्विन्टल तोरीको बीउ माग भएता पनि १३ क्विन्टल तोरीको बीउ खरीद गरी माग भए अनुसारका सवै समुहरु मार्फत किसानहरुलाई तोरीको बीउ वितरण गरिएको हो ।


वितरण गरिएको १३ क्विन्टल तोरीको बिउमा १२६० के.जि उन्नती जातको र ४० के.जि प्रगती जातीको तोरीको बीउ वितरण गरेको हो । तोरीको बीउ वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफ्नो पालिकाभित्रका किसानहरुलाई कृषिमा राहात पुग्ने खालका कार्यक्रमहरु अन्तर्गत ५० प्रतिशत अनुदानमा तोरीको बीउ वितरण कार्यक्रम राखेको बताए ।आफुहरु जति सक्दो किसान लक्षित कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको अध्यक्ष गिरीको भनाइछ ।