
दाङ, २० फागुन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्बाचनलाई लक्षित गरेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले निर्वाचन अवधीभर प्रतिष्ठानको इमर्जेन्सी सेवामा पदाधिकारीहरूको प्रत्यक्ष निगरानी बढाउने भएका छ्न ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थिको नियमित अवलोकनसहित निर्देशन रहने र उपचारको टास्क फोर्स सह निर्देशक डा. सुरेश रसाइलिको नेतृत्वमा रहने जानकारी दिनु भयो । निर्बाचन अबधिभरलाई लक्षित गरेर नर्सिङ र स्वास्थ्यकर्मी संख्या थप भएको, विशेषज्ञ . चिकित्सक २४ घण्टा उपलब्ध र एम्बुलेन्स सेवा २४ घण्टा उपलब्ध पनि भएको निमित्त उपकुलपति प्रा. लम्सालले बताउनुभयो ।



लाइभदाङ । २० फाल्गुन २०८२, बुधबार २१:१८ बजे