प्रकृति लम्सालको न्यायको माग गर्दै सडकमा उत्रिए ज्ञानज्योतिका विद्यार्थी

तुलसीपुर, ८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं. ६ स्थित ज्ञानज्योति फाउन्डेशनका विद्यार्थीहरुले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डिस्ट्रियल टेक्नोलोजीको छात्राबासमा मृत भेटिएकी विद्यार्थी प्रकृति लम्सालको न्यायको माग गर्दै सडकमा उत्रिएका छन् ।

विहीबार प्लस टु र ब्याचलरका विद्यार्थीहरुले सडकमा ¥याली गर्नुकासाथै कोणसभा गरेका थिए । त्यस अवसरमा विद्यार्थी बविता भण्डारीले लाखौं खर्च गरेर पनि पढ्न बाहिरी जिल्ला जानु पर्ने अबस्था रहेपनि त्यहाँ पनि सुरक्षित हुन नसकेको भन्दै दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरिन् ।


साथै यो न्याय नपाउँदासम्म यो आन्दोलन जारी राख्नु पर्ने बताईन् । कार्यक्रममा प्रमुख बक्ता नागरिक समाज दाङका पूर्वध्यक्ष टिकाराम रेग्मीले यो आन्दोलन देशब्यापी हुनुपर्ने बताए । यस्ता आन्दोलनले सरकारलाई खबरदारी गर्ने प्रेस सेन्टर दाङका सचिब दीपक बोहराले बताए ।
कार्यक्रममा विद्यार्थी इशा वलीलगायतले श्रद्धान्जली मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका भाईस प्रिन्सिपल मनोज केसीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक संयोजक शरद गौतमले धन्यवाद ज्ञापन गरेका थिए, भने सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए । विद्यार्थीहरुले निकालेको ¥यालीले बजार परिश्रमा गरिएको थियो । प्रकृति लम्साललाई न्याय दे,जस्ता नाराहरु समेटिएका प्लेकार्डले बजार परिक्रमा गरिएको थियो ।

लमसालको पार्थिक शरीर बुधबार राति उडिसाबाट भैरहवा ल्याइएको थियो । उनको अन्त्येष्टी पनि गरिएको छ । विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था उनको शव फेला परेको थियो ।