तुलसीपुर
१४ माघ / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मुहान आसपासबाट चुनढुंगा उत्खनन्कालागि अनुमति दिन थालिएको भन्दै यसको कडा विरोध गरिएको छ ।
संस्थाका उपाध्यक्ष सिताराम शर्माका अनुसार खानी तथा भुगर्भ विभागलाई उत्खनन् कार्यकालागि अनुमति नदिन पत्र समेत पठाईसकिएको छ । यस अघि पनि पत्र पठाएको समेत उनले बताए ।
तुलसीपुरमा ७० हजार उपभोक्ताहरुको खानेपानी उपलब्ध गराएको भन्दै अहिले खानेपानीको मुहान भएका स्थानहरु तुलसीपुर ३ र ४ अन्तर्गत राम्री,धैरेनी, पहरे,छरछरेलगायतका मुहान क्षेत्रबाट चुनढुंगा उत्खनन् गर्दा मुहानहरु सुक्ने उनको भनाई छ ।
सुनगाभा माइनिङ प्रालिलाई अनुमति प्रदान गर्न लागिएको कुरा अन्तिम अबस्थामा पुगेको भन्ने सूचना आफूकहाँ आएको समेत उपाध्यक्ष शर्माले बताए । यदि यो कुरामा बेवास्ता गरेर जस्तो सुकै आन्दोलन गर्न पनि आफूहरु तयार रहेको उनको भनाई छ ।
लाइभदाङ । १४ माघ २०७८, शुक्रबार १८:१६ बजे