तुलसीपुर, ९ वैशाख ।
दाङको तुलसीपुरमा अन्तराष्ट्रिय प्रसव फिस्टुला दिवस मनाईएको छ । साईनिङ अस्पताल आईएम्एफ फिस्टुला उपचार केन्द्र सुर्खेतको आयोजना तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा समन्वयमा मंगलबार दिवस मनाईएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा अध्यक्ष न्यौपानेले फिस्टुलाले निकै समस्या बनाउने भन्दै यसको उपचारमा साईनिङ अस्पतालले खेलेको भूमिका महत्वपूणर् हुने बताए ।
त्यस्तै फिस्टुला उपचार केन्द्रका संयोजक कान्ति शर्माले सुर्खेत स्थित फिस्टुला उपचार केन्द्रमा निःशुल्क उपचार हुने बताईन । साथै विरामी र एक जना कुरुवाकालागि आउने जाने यातायात खर्च र बाटोमा लागेको खाना खर्चको समेत भुक्तानी गर्ने बताईन् ।
त्यस अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शिशिर पोख्रेललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका इमरजेन्सी इन्चार्ज धनबहादुर केसीले गरेका थिए ।
लाइभदाङ । ९ जेष्ठ २०८०, मंगलवार २१:४५ बजे