
तुलसीपुर , २२ माघ ।
उद्योग ब्यापार महासंघ तुलसीपुर नगर कमिटिले आगामी प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर मास्कीलाई विजयी बनाउनकालागि सक्रिय भएको छ । तुलसीपुर कमिटिको बैठक बसी संगठनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज मिनराज भण्डारीको संयोजकत्व तथा सुरेन्द्र परियारको सहसंयोजकत्वमा परिचालन कमिटि बनाएर चुनाबमा सक्रिय भएको हो ।
संगठनका नगर अध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा नेकपाको तर्फबाट दाङ ३ का उम्मेदवार धनबहादुर मास्की(राजेश)को प्रमुख आतिथ्यमा बैठक बसी यस्तो निर्णय गरिएको हो । निर्णय भएसंगै आफूहरु सक्रिय भएको संयोजक भण्डारीले बताए । बैठकको सहजीकरण महासचिब कृष्ण पुनले गरेका थिए ।



लाइभदाङ । २३ माघ २०८२, बिहीबार २२:४० बजे