राज्यका स्रोत र साधनले भ्याएसम्म जेष्ठ नागरीकका समस्या समाधानमा लागी पर्छु: खत्री

रामप्रसाद सुवेदी
हापुरे, १२ जेष्ठ ।

बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले कसैलाई पनी भेदभाव नगरी बबईको सम्मुनत बिकासमा लागी पर्ने बताउनुभएको छ । जेष्ठ नागरीक संघ बबईको आयोजनामा स्थानिय तहको निर्वाचन २०७९ मा निर्वाचीत जन प्रतीनीधीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै अध्यक्ष खत्रीले राज्यका स्रोत र साधन ले भ्याए सम्म जेष्ठ नागरीकका समस्या समाधानमा लागीपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशीष्ठ अतीथीको आशनबाट बोल्दै पालिका उपाध्यक्ष बम कुमारी खड्काले जेष्ठ नागरीकहरुको आर्शीबाद र मतले नै आफु गाउँपालिका उपाध्यक्ष भएको बताउनुभयो । उहाले जेष्ठ नागरीक प्रेरणाका स्रोत समेत भएको हुदा बबईमा जेष्ठ नागरीक मैत्री बजेट बनियोजन गरी जेष्ठ नागरीकहरुको सहकर्मी भएर काम गर्ने समेत बताउनु भयो । खड्काले जेष्ठ नारीकहरुलाई उचीत स्याहार सुसार गर्नुपर्ने धारणा राख्दै बबईमा जेष्ठ नागरीक भवन निर्माणमा आफुले पहल गर्ने बताउनुभयो ।


जेष्ठ नागरीक संघ बबईका अध्यक्ष शिबलाल भुसालले जेष्ठ नागरीकका समस्या धेरै भएको तर जेष्ठ नागरीक संघमा प्रयाप्त बजेट नहुदा समस्या भएको बताउनुभयो । भुसालले संघलाई परीचालन गर्ने कुरामा पालीकाको बजेटमा भर पर्नुपर्ने अवस्था रहेको हुदा पालीकाले यस्लाई गम्भीर भएर सोचीदीन आग्रह गर्नुभयो ।

कार्यक्रममा २०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बबईमा निर्वाचीत गाउँपालीका अध्यक्ष खत्री, उपाध्यक्ष खड्का लगाएत ७ वटै वडाका वडाध्यक्षहरुलाई जेष्ठ नागरीकहरुले बधाई तथा सफल कार्यकालको कामना गर्दै अबीर माला र खादाले सम्मान गरेका थिए ।

जेष्ठ नागरीक संघ बबईका अध्यक्ष शिबलाल भुसालको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख आथीत्यता तथा पालिका उपाध्यक्ष बम कुमारी खड्काको बिशीष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरीक संघका जिल्ला सदस्य चन्द्र बहादुर वलीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन जेष्ठ नागरीक संघ बबईका सचिव दिपेन्द्र वहादुर डाँगीले गर्नुभएको थियो ।