जेनजीको मर्म र भावना नेकपाले बुझेको छः मास्की

तुलसीपुर, २० माघ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट दाङ ३ मा उम्मेद्वार धनबहादुर मास्की(राजेश)ले नेकपाले नै जेनजीको मर्म बुझेको बताएका छन् ।

तुलसीपुरमा मंगलबार नवप्रवेशी २७ जना जेनजी युवालाई स्वागत गर्दै उनले यस्तो बताए । उनले २३ र २४ को जेनजिको आन्दोलनको मर्म र भावना नेपाली कम्युनिष्ट पार्टीले नै उठाएको समेत बताए ।


जितबहादुर केसी र सुदन वलीको नेतृत्वमा युवाहरु प्रवेश गरेका हुन्। उनीहरु एमाले निकट युवा संघमा आबद्ध थिए ।