तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एकजना घाइते

तुलसीपुर, २८ मंसिर ।  दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एकजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर १३ उरहरी निवासी १७ वर्षीया अस्मिता पोखरेल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार उरहरीबाट बखरिया तर्फ जादै गरेको रा १ त २६५४ नम्बरको ट्याक्टरले उरहरी नजिकै पैदल हिडिरहेकी अस्मितालाई गएराती सवा ८ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।


दुर्घटनामा परी गम्भिर घाइते भएकी अस्मितालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिएको र चालक तुलसीपुर १३ का अन्दाजी ३८/३९ वर्षका फते चौधरी फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।