जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट, २४ जेठ ।
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।


यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो ।