
काठमाडौं, १७ माघ ।
आइतबार तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ।
कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लाइभदाङ । १८ माघ २०८२, शनिबार २२:५३ बजे