
दाङ, १५ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित गोरखा सेकेन्डरी स्कुलका विद्यार्थीहरुले मंगलबार आफ्ना प्रतिभाहरु प्रस्तुत गरे । जसमा केही विद्यार्थीहरुले नाटक, केही विद्यार्थीहरु कला,संस्कार, संस्कृति प्रस्तुत गरेका भने, केही विद्यार्थीहरुले शैक्षिक ज्ञानहरु प्रस्तुत गरेका थिए । यसरी विद्यार्थीहरु चौतर्फी रुपमा ज्ञान आर्जन गर्ने माध्यम बनेको छ, विद्यालयमा सञ्चालन भएको सीपीएर र सीसीआरएर प्रणाली ।
जसले विद्यार्थीहरुलाई कलात्मक रुपमा पढाउन भूमिका खेल्ने गरेको छ । पाठ्यक्रमलाई कलात्मक,रचनात्मक तथा ब्यबहारिक ढंगबाट पढाईन्छ । जसले गर्दा विद्यार्थीहरुले सहजै बुझ्न सक्छन् ।
यसले विद्यार्थीहरुलाई घोकन्ते शिक्षा मात्रै नभई उनीहरुले सहजै बुझ्न सक्ने र ब्यबहारमा लागु गर्न सक्ने शिक्षा दिइन्छ । यो कार्यक्रम दाङमा गोरखा ग्रुपमा मात्रै सञ्चालनमा छन् । लाउन्ने इन्टरनेश्नलका निशा शाहले दाङमा गोरखामा मात्रै यो कार्यक्रम सञ्चालन भएको बताईन् ।
उनका अनुसार धरै विद्यालयले माग गरेको भएपनि यो कार्यक्रम सञ्चालन गर्न लगानी मात्रै नभई शिक्षकहरुको पनि उत्तिकै मेहनत हुने भएकाले निश्चित विद्यालयले मात्रै सञ्चालन गर्न सक्ने बताईन् ।
विद्यार्थीमा किताबमा मात्रै नभई ब्यहारिक शिक्षा आबश्यक हुने भन्दै यो कार्यक्रम लागु गरिएको गोरखा ग्रुपका शिक्षा निर्देशक दुर्गा केसीले बताए । प्राथमिक तहमा यो कार्यक्रम सञ्चालनमा रहेको गोरखा मावि तुलसीपुरका प्रिन्सिपल विजयमान जीएमले बताए ।



लाइभदाङ । १६ माघ २०८२, बिहीबार १०:३३ बजे