शिक्षक संघ शान्तिनगरको अध्यक्षमा तिवारी बिजयी

निराश पाण्डे
शान्तिनगर २८ पुस ।

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति शान्तिनगरको बिहीवार निर्वाचन सम्पन्न भएको छ। अन्य पदहरुमा निर्बिरोध निर्बाचित भएता पनि कार्यसमितिको अध्यक्ष र सचीव पदमा सहमति नभए पछि निर्बाचन भएको हो।


अध्यक्षमा ८९ मत ल्याइ बिपि माध्यमिक बिद्यालय बयालेमा कार्यरत शिक्षक खेम राज तिवारी बिजयी भएका छन भने उनका प्रतिस्प्रधी खुमानन्द पौडेलले ७६ मत ल्याएर पराजित भएका छन।त्यसै गरि सचीवमा हिरा बहादुर डाङ्गी ८३ मत ल्याइ बिजयी भएका छन। भने अर्का प्रतिस्प्रधी डिला राम खरालले ८० मत ल्याइ पराजित भएको निर्बाचन समितिका संयोजक भागवत न्यौपानेले जानकारी गराएका छन।

कुल १ सय ७६ मत मध्य १ सय ६६ मत खसेको थियो नेपाल शिक्षक संघ शान्तिनगरको अधिबेसन बुधबार जुम्लेकुलामा उद्घाटन गरिएको थियो नब निर्बाचित पदाधिकारी हरु लाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र प्रदान गरिने निर्बाचन समितिले जनाएको छ।