
तुलसीपुर, ३० पुस ।
११ औ योग दिबसको अबसरमा आज तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कमलपोखरी योगसाधना केन्द्र रजौरा दाङको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए ।

तुल्सिपुर रक्तसन्चार केन्द्रमा रगतको खपत बड्दै जादा रगत सन्कलन कम भएको खबर सङै रक्तदान कार्यक्रम आयोजना गरेको सस्थाका अध्यक्ष बलदेव रजौरेले बताए ।
रक्तसन्चार केन्द्र तुल्सिपुरको प्राबिधिक सहयोगमा भएको कार्यक्रम बलदेव रजौरेको सभापतितब तथा लुम्बिनी प्रदेश प्रशिक्षण प्रमुख दीपक बस्यालको प्रमुख आतिथ्यमा भएको थियो।



लाइभदाङ । १ माघ २०८२, बुधबार १९:११ बजे