मनशुन जन्य, आगलागि जन्य विपद् प्रभावित निजि आवास पुननिर्माण सम्बन्धि गोष्ठि

दिप्तीशिखा चौधरी,


दंगीशरण,८ माघ ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले मनसुनजन्य विपद् प्रभावित नीजी आवास पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि, २०७७ देखि लागु भएको बताउँनुभएको छ । यस कार्यविधि हरेक स्थानीय तहले पनि कार्यान्वयन गर्नका लागि विविध कार्यक्रमहरु संचालन गर्दै आएको बताउँनुभयो । दंगीशरण गाउँपालिकामा पनि यस कार्यविधिलाई लागु गर्नका लागि कार्यक्रम संचालन गरेको र यस लाई नागरीकमूखी बनाउँन संचालन गरेको बताउँनुभयो ।
साथै उहाँले मनसनुजन्य विपद् बाट क्षतीग्रस्त नीजी आवासलाई सुरक्षीत तरीकाले मर्मत, प्रवलीकरण, पुननीर्माण र पुनस्थापना गर्ने कार्यलाई ब्यवस्थीत रुपले सञ्चालन गरी विपद् प्रभावितलाई प्रदान गरीने अनुदाननलाई ब्यवस्थीत गर्नका लागि सिप सिक्ने तरकिाले गोष्ठिको आयोजना गरिएको बताउँनुभयो ।
दंगीशरण गाउँपालिकामा आज शनीवार सम्पन्न भएको प्राविधिक कर्मचारी तथा वडा सचिवहरुका लागि मनशुन जन्य र आगलागि जन्य विपद् प्रभावित निजि आवास पुननिर्माण तथा पुनस्र्थापना वितरण कार्यविधि र सो संग सम्बन्धित एप्लीकेशन संचालन सम्बन्धि दुई दिने अभिमुखीकरण गोष्ठि मा अध्यक्ष चौधरीले यस्तो बताउँनुभएको हो ।
कार्यक्रममा विपद ब्यवस्थापन शाखा प्रमुख बालकृष्ण भण्डारीले मनसुनजन्य विपद् प्रभावित नीजी आवास पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि, २०७७ मा उल्लेख गरिएका विविध विषय र विपद् प्रभावित नीजी आवास पुननिर्माण तथा पुनस्थापना अनुदान वितरण लगत संकलन प्रश्नावली, ) क्षतीग्रस्त नीजी आवास भवन मर्मत वा प्रबलीकरणका लागी अनदुान सम्झौता ढाँचा, विपदबाट क्षतीग्रस्त नीजी आवास भवन पुननिर्माण÷पुनस्र्थापनाका लागि अनुदान सम्झौता पत्र कसरी भर्ने भन्ने विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका वडा सचिव र प्राबिधिक शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण भक्तराम पाण्डेले गर्नुभएको थियो ।